एजेन्सी । इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ ।
इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’
वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ । इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो ।
तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो ।
अमेरिकी मिडियाले यस अघिनै विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ पुस २०७६, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना