चिनियाँ राष्ट्रपति सि छिमेकी मुलुक म्यानमारको भ्रमणमा जाने

एजेन्सी

शुक्रबार, २५ पुस २०७६, १५ : ५८
चिनियाँ राष्ट्रपति सि छिमेकी मुलुक म्यानमारको भ्रमणमा जाने

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्नुहुने भएको छ । 
म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उहाँले भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताउनु भयो । (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस