निःशुल्क पाउने यि सरकारी औषधी खान अयोग्य

पत्रपत्रिकाबाट

शुक्रबार, २५ पुस २०७६, ०७ : ३८
निःशुल्क पाउने यि सरकारी औषधी खान अयोग्य

सांकेतिक तस्बिर ।

काठमाडौं ।  सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो ।

नयाँ पत्रिकाका अनुसार यी हुन् खान अयोग्य औषधि – पोभिडोन आयोडिन सोलुसन : विभिन्न घाउका लागि लगाउने झोल ११ ब्याच – प्यारासिटामोल झोल : ज्वरोका बिरामीका लागि ४ ब्याच – प्यारासिटामोल ट्याब्लेट : ज्वरोका बिरामीका लागि ३ ब्याच – फोलिक एसिड : रगत बढाउने १ ब्याच – मेटफरमिन : मधुमेहका लागि ५ ब्याच – मेट्रोनिडाजोल : आउँको लागि १२ ब्याच – सिप्रोफ्लोक्सासिन (एन्टिबायोटिक) : आँखा, नाकमा राख्ने झोल ४ ब्याच – फेरस—फोलिक एसिड (आइरन—फोलिक एसिड) : रगत बढाउने १ ब्याच ।