अबैध क्रियाकलापमा संलग्न १२२ चिनिया नागरिक स्वदेश फिर्ता

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०७६, १९ : ५०
अबैध क्रियाकलापमा संलग्न १२२ चिनिया नागरिक स्वदेश फिर्ता

काठमाडौँ  । पर्यटन भिसामा आएर अबैध काम गरेका १२२ चिनिया नागरिक आज राती स्वदेश फिर्ता भएका छन् । 

साँझ ६ बजे र सात बजेको चिनिया विमानमार्फत उनीहरुलाई फिर्ता पठाइएको हो ।  उनीहरुलाई लिन चीनबाट चाइना साउदर्नको उडान नम्बर सीजेड ३००२ मा ४२ र चाइना इस्टर्नको उडान नम्बर ७१७६ मा ८० जनालाई फिर्ता लगिएको अध्यागमन विभागले जनाएको छ । एउटा विमान छ बजे र अर्काे सात बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको छ । 

विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र तिवारीले उनीहरु अबैध क्रियाकलापमा लागेको पाइएकाले निष्कासन गरिएको बताए । उनका अनुसार अब उनीहरु चार वर्ष नेपाल आउन नपाउने गरि निष्कासन गरिएको हो ।

यही पुस ७ गते उनीहरुलाई काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट सयौ मोवाईल तथा सञ्चार उपकरण बरामद भएको थियो ।
उनीहरुले नेपालमा बसेर नेपाललाई नै हानी नगरेपनि चीन विरुद्ध अबैध गतिविधि गरेका थिए । त्यसैले उनीहरुलाई नेपालमा अभद्र व्यवहारमा काठमाडौँ जिल्ला प्रशासनबाट न्यून जरिवाना (प्रति व्यक्ति एक हजार) र अध्यागमन विभागले भिसा भएकालाई एक हजार तथा नभएकालाई रु दुई हजार जरिवाना तिराएको थिए । 
 सबै जरिवाना चिनिया दुतावासले तिरेको छ । भने उनीहरुको भिसा समेत रद्ध गरिएको छ ।

सरकराले चीनका नागरिकका लागि निशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेको छ । जसअनुसार उनीहरु पाँच महिना नेपाल बस्न पाउँछन् । तर यहाँ बसेर अबैध क्रियाकला गर्न निशेष छ । 
उनीहरुले त्यही भिसाको दुरुपयोग गरेका हुन् । पर्यटक भिषामा आएकाले कुनै संगठित काम गर्न पाउँदैनन् । तर उनीहरुले विभिन्न घर भाडामा लिएर प्रविधिको प्रयोग गरी स्वदेशमा अबैध गतिविधि चलाएका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस