एजेन्सी । इराकस्थित अमेरिकी हवाई बेसमा भएको क्षेप्यास्त्र आक्रमण गरेर विश्वभर तहल्का मच्चाइरहेको बेला इरानमा भूकम्प गएको छ ।
बुसेहर परमाणु भट्टी नजिकै भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार बोराजानबाट १० किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको बताइएको छ ।
बोराजान बुसेहरबाट ७० किलोमिटर टाढा रहेको छ । भूकम्प स्थानीय समयअनुसार विहान ३ बजेर १९ मिनेटमा गएको थियो ।
भूकम्पको केन्द्रविन्दू र यसको गहराइले यो प्राकृतिक विपदा भएको र अमेरिकी बेसमा भएको हमलामा यसको कुनै सम्बन्ध नरहेको एक्सप्रेस डट युकेले जनाएको छ । भूकम्पबाट भट्टीमा कुनै क्षति नपुगेको बताइएको छ ।
गत डिसेम्बरमा यही क्षेत्रमा भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ पुस २०७६, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन