एजेन्सी । इराकस्थित अमेरिकी हवाई बेसमा भएको क्षेप्यास्त्र आक्रमण गरेर विश्वभर तहल्का मच्चाइरहेको बेला इरानमा भूकम्प गएको छ ।
बुसेहर परमाणु भट्टी नजिकै भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार बोराजानबाट १० किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको बताइएको छ ।
बोराजान बुसेहरबाट ७० किलोमिटर टाढा रहेको छ । भूकम्प स्थानीय समयअनुसार विहान ३ बजेर १९ मिनेटमा गएको थियो ।
भूकम्पको केन्द्रविन्दू र यसको गहराइले यो प्राकृतिक विपदा भएको र अमेरिकी बेसमा भएको हमलामा यसको कुनै सम्बन्ध नरहेको एक्सप्रेस डट युकेले जनाएको छ । भूकम्पबाट भट्टीमा कुनै क्षति नपुगेको बताइएको छ ।
गत डिसेम्बरमा यही क्षेत्रमा भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ पुस २०७६, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई