सावधान ! धुवाँधुलोमा बस्नाले शरीरमा पर्छन यस्ता गम्भीर असर

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, १४ : ११
सावधान ! धुवाँधुलोमा बस्नाले शरीरमा पर्छन यस्ता गम्भीर असर

काठमाडौं । धुवाँधुलोले हाम्रो दैनिक जीवनमा मात्रै होइन, मानव स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउँछ । अव्यवस्थित जीवनशैली र खानपानका कारण रोगीको संख्या बढ्दै गएको मानिन्छ धुवाँधुलो पनि अर्को प्रमुख कारक बन्दै गइरहेको छ । धुवाँधुलोको असर धुम्रपानभन्दा कम नभएको छाती रोग विशेषज्ञहरु बताउँछन् । 

धुवाँधुलोका कारण मानव स्वास्थ्यमा पर्ने असरहरु २ प्रकारका छन् ।

तत्कालिन असर 
यसमा छाला चिलाउने, आँखा चिलाउने, आँखा अति सुख्खा हुने, आँखाबाट आँशु आउने, टाउको दुख्ने, खोकी लाग्ने, हाच्छिउँ आउने, छाति घ्यारघ्यार हुने जस्ता समस्या देखा पर्छन् । तत्कालिन असरको कुरा गर्दा कतिपयलाई धुलोको मात्रा, धुवाँको मात्रा आदि धेरैले फरक–फरक असर पार्न सक्छ । कसैलाई धुलो र धुवाँले तत्कालिन रुपमा खासै असर नपर्न पनि सक्छ । तर दीर्घकालीन रुपमा उसको शरीमा गम्भीर असर पर्न सक्छ ।  

दिर्घकालिन असर 
धुवाँमा बस्दा २० खिल्ली चुरोट खाँदा हुने असर बराबर असर पर्छ ।  त्यसैले पछि गएर फोक्सोको क्यान्सर, दम, श्वासनलीमा समस्या, निको नहुने प्रकारले खोकी लाग्नु आदि हुनसक्छ । यस्ता समस्याबाट पीडित व्यक्तिलाई १० देखि १५ वर्षमा हृदयघात पनि हुनसक्छ । 

यस्तै रक्तनलीमा पनि धुवाँले धेरै असर गर्छ । जस्तै, रगत जम्ने समस्या, मुटु रोग, हृदयाघात, क्यान्सर रोग, मस्तिष्क घात हुने जस्ता समस्या निम्त्याउने हुन्छ । 

प्रतिक्रिया दिनुहोस