काठमाडौं । सत्तारुढ दल नेकपाभित्रै प्रदेश ३ को राजधानीको विषय पेचिलो बनेपछि मुख्यमन्त्री डोरमणी पौडेल र पार्टीका प्रदेश इन्चार्ज समेत रहेकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई काठमाडौं बोलाईएको छ । नेकपाको पार्टी सचिवालयले प्रदेश नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको थियो ।
दुई वर्षसम्म प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन नसकेपछि नेकपाको सचिवालयले त्यसमा हस्तक्षेप गदै नाम र राजधानीको विषय टुंग्याईदिएको थियो । तर पार्टीको निर्णय प्रदेश सभाका बहुसंख्यक सांसदहरुले चित्त बुझाईरहेका छैनन् ।
प्रदेश ३ मा नेकपाका ८० सांसद छन् । नाम र राजधानी टुंग्याउन ७४ मत भए पुग्नेमा नेकपाकै ८० मत रहेकोले उसको दुई दुई तिहाई मत छ । तर नेकपाभित्रका सांसदहरुमा एकमत नदेखिदा र राजधानी हेटौंडाको पक्षमा बहुमत सांसदहरु देखिएपछि नेकपा अप्ठयारोमा परेको हो ।
केन्द्रको निर्णय लगत्तै बालुवाटारमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रदेश पार्टीका पदाधिकारीलाई बोलाई सचिवालयको निर्देशनका विषयमा जानकारी दिदै निर्णय कार्यान्वयनमा जान निर्देशन गरेका थिए । तर प्रदेश अध्यक्ष अष्टलक्ष्मी शाक्यले आफुले निर्णय मान्न नसक्ने र यसले पार्टीलाई अप्ठयारो पार्ने बताएकी थिइन् ।
प्रदेश सभा संसदीय दलको बैठक हेटौंडामा तीन दिन बसेको थियो । बैठकमा सबैजसो सदस्यहरुले आफनो धारणा राखेपनि अष्टलक्ष्मी शाक्यले आफनो मत राखेकी छैनन् । संसदको हिजोको बैठकले प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि पारित गरेको छ । तर सत्तारुढ दलमै विवाद नमिलेका कारण प्रदेश सभा बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रदेश सांसदहरुका बीचमा बढ्दो विवाद सल्टाउन नेकपा नेतृत्वले मुख्यमन्त्री डोरमण्ीा पौडेल र नेकपाका प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई काठमाडौं आउन निर्देशन गरेको छ । शुरुमा पार्टीका अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल स्यवं हेटौडा पुगेर सांसदहरुलाई पार्टी केन्द्रको निर्णयमा मनाउने भनिएपनि त्यसरी जाँदा अप्ठयारो हुने र नकारात्मक सन्देश जाने ठानी नेकपाले मुख्यमन्त्री पौडेल, नेतृ शाक्य लगायत नेताहरुलाई काठमाडौं बोलाएको हो ।
उनीहरु हिजो साँझ नै काठमाडौं आईपुगेका छन् । पौडेल र शाक्यका अतिरिक्त राजेन्द्र पाण्डे लगायत प्रदेशका प्रभावशाली केन्द्रीय सदस्यलाई पनि काठमाडौं आईपुगेका छन् । आजै उनीहरुसँग नेकपाका शीर्ष नेतृत्वले प्रदेशको राजधानीका विषयमा छलफल गर्ने तयारी भएको छ । शीर्ष नेतृत्वले पार्टी निर्णयमा मनाउन सकेमा मात्र बुधबारको प्रदेश सभा बैठक बस्ने छ ।
प्रदेश सभा बैठक पछि धकेलिने सम्भावना रहेको नेकपाका एक प्रदेश सभा सदस्यले बताए । पार्टी नेतृत्वसँग आज हुने छलफलले एउटा निकास दिएमा भोलि बिहान संसदीय दलको बैठक बस्ने र नामका विषयमा मतदान प्रक्रिया शुरु गराउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०७६, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग