एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

रासस

सोमबार, २१ पुस २०७६, १६ : २७
एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

काठमाडौँ । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् ।

ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ । 

यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना रु ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ । ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस