Safal Khabar - आकासबाट मात्र हेर्न सकिने रहस्यमयी कलाकृति ‘मार्री म्यान’को तस्विर सार्वजनिक
बुधबार, ०८ माघ २०७६ (Wednesday, 22 January, 2020)
आकासबाट मात्र हेर्न सकिने रहस्यमयी कलाकृति ‘मार्री म्यान’को तस्विर सार्वजनिक
शनिबार, १९ पुष २०७६, १६ : ४६
आकासबाट मात्र हेर्न सकिने रहस्यमयी कलाकृति ‘मार्री म्यान’को तस्विर सार्वजनिक

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रहस्यमयी कलाकृति ‘मार्री म्यान’को तस्विर सार्वजनिक गरेको छ ।  तस्विरमा उक्त कलाकृति पूर्ण रुपमा पहिलेकै अवस्थामा देखिन्छ । 

सन् १९९८ मा पहिलो पटक एक जना पाइलटले आकासबाट यो रहस्यमयी कलाकृति पत्ता लगाएका थिए । 
जमिनमा कोरेर बनाइएको ‘म्यार्री म्यान’ले अष्ट्रेलियाको आदीवासी (एबोरिजिनल)लाई देखाएको भए पनि यति विशाल कलाकृति कसले बनाएको हालसम्म पत्ता लागेको छैन । 

३.५ किमी लामो यो कलाकृति २७ किमी परिधिमा फैलिएको छ र यो कला पूर्ण रुपमा आकासबाट मात्र हेर्न सकिन्छ ।  
यो कलाकृति मेटिदैं गएको चर्चा माझ सन् २०१६ मा यसको संरक्षण प्रयास भएको थियो ।

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस