क्रिकेट रंगशाला निर्माणमा एनआरएनए अष्ट्रेलियाको सहयोग

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०७६, १५ : ५४
क्रिकेट रंगशाला निर्माणमा एनआरएनए अष्ट्रेलियाको सहयोग

चितवन । गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अष्टे«लियाको एनआरएनएले दुई लाख रुपैयाँ सहयोग गरेको छ । थप सहयोग गर्न  भरतपुर महानगर प्रमुख रेनु दाहालले एनआरएनए अष्टेलियालाई आग्रह गर्नुभएको छ । 

शुक्रबार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाको निर्माणको अवलोकन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले विदेसमा रहेका नेपाली समुदायलाई क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ । रंगशाला निर्माणको अवलोकन तथा सहयोग संकलनमा सहभागिता जनाउन चितवन आउनुभएका गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका प्रतिनिधिहरूसँग  छलफल गर्दै सहयोगको आग्रह गर्नुभएको हो ।

रंगशाला निर्माणमा लाग्नुभएका धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले हाल रंगशाला निर्माणमा भएका कामहरू यसको गुरूयोजना र आवश्यक बजेटको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा महानगर प्रमुख दाहालले सरकार नागरिक समाजका साथै देश विदेशमा रहनुभएका नेपालीहरूको सहयोगबाट यो रंगशाला निर्माणको लक्ष लिएको भन्दै सबैको रचनात्मक सहयोगको आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगरपालिका उप पेरमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी एनआरएनएका अस्ट्रेलिया केम सापकोटा, विजय पोखरेल, बद्री अर्याललगायतको सहभागिता रहेको थियो । रंगशाला निर्माण सहयोगार्थ २ लाख रूपैयॉको चेक फाउन्डेसनका अध्यक्ष कट्टेललाई प्रदान गर्नुभयको थियो ।

दुर्इ लाखको चेक हस्तान्तरण गर्दै प्रतिनिधि मन्डलले यो सहयोगको सुरूवात भयको बताउँदै रंगशाला निर्माणको लागी अस्ट्रेलिया र सिड्गो बिश्व भरी एनआरएनएमार्फत अभियान संचालन गर्नु भएको थियो ।

रंगशाला अवलोकन पूर्बप्रतिनिधी मन्डलले भरतपुर महानगरपालिकामा पर्यटन बर्ष २०२० लाई सफल बनाउन बिदेसमा रहेका नेपालीहरूलाई प्रेरित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा महानगरिय पर्यटकीय गन्तब्यहरूका बारेमा जानाकारी गराइयको थियो ।

प्रतिक्रिया दिनुहोस