काठमाडौँ । राष्ट्रियसभा सदस्यको उमेद्वार चयन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आजपनि बस्दैछ् । बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि आज बिहानका लागि पुनः बैठक बोलाइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राष्ट्रियसभा सदस्य छनोटमा केन्द्रीत हुने जानकारी दिए । विहिवारको बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यस्तै बैठकमा सभामुखको उम्मेदवार छनोटका विषयमा समेत छलफल हुने जनाइएको छ ।
राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ । यही पुस २० गतेभित्र उमेद्वार छनोट भइसक्नुपर्ने छ । आगामी माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षधरले सुवास नेम्वाङ र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरले नेता अग्नी सापकोटालाई उम्मेवार बनाउने प्रस्ताव राख्नुभएको छ । दुवै शिर्ष नेतृत्व बिच सहमती नजुट्दा प्रक्रिया लम्बिदै गएको छ ।
सभामुखको टुङगो नलगाउँदा संसद बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अबको केहीबेरमा बस्ने बैठकमा राष्ट्रियसभाको उम्मेदवारको अन्तिम रुप दिने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?