काठमाडौँ । राष्ट्रियसभा सदस्यको उमेद्वार चयन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आजपनि बस्दैछ् । बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि आज बिहानका लागि पुनः बैठक बोलाइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राष्ट्रियसभा सदस्य छनोटमा केन्द्रीत हुने जानकारी दिए । विहिवारको बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यस्तै बैठकमा सभामुखको उम्मेदवार छनोटका विषयमा समेत छलफल हुने जनाइएको छ ।
राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ । यही पुस २० गतेभित्र उमेद्वार छनोट भइसक्नुपर्ने छ । आगामी माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षधरले सुवास नेम्वाङ र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरले नेता अग्नी सापकोटालाई उम्मेवार बनाउने प्रस्ताव राख्नुभएको छ । दुवै शिर्ष नेतृत्व बिच सहमती नजुट्दा प्रक्रिया लम्बिदै गएको छ ।
सभामुखको टुङगो नलगाउँदा संसद बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अबको केहीबेरमा बस्ने बैठकमा राष्ट्रियसभाको उम्मेदवारको अन्तिम रुप दिने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग