गैँडाकोटबाट भू–माफियाको उठीबास लगाउने तयारी, जाँचबुझ आयोगको टोलीबाट स्थलगत अनुगमन

प्रकाश सिग्देल

विहीबार, १७ पुस २०७६, २० : ४९
गैँडाकोटबाट भू–माफियाको उठीबास लगाउने तयारी, जाँचबुझ आयोगको टोलीबाट स्थलगत अनुगमन

–प्रकाश सिग्देल

नवलपुर । सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको टोलीले गँैडाकोट क्षेत्रमा भू–माफियाले अतिक्रमण गरेको विवादित सार्वजनिक जग्गाको स्थलगत अनुगमन गरेको छ । 

आयोगका अध्यक्ष मोहनरमन भट्टराईको नेतृत्वमा आएको सदस्य जगत देउजा सहितको टोलीले गैँडाकोट २ को पुरानो डुगांघाट बोटे टोलको विवादित जग्गा र गैँडाकोट वडा नम्वर ६ शिवनगर टोलमा रहेको सरकारी जग्गाको स्थलगत अनुगमन गरेको हो ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलसहित पुगेको टोलीले दुवै ठाउँको जग्गाको निरीक्षण गरी स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग छलफलसमेत गरेको छ ।

सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगमा सरकारी जग्गा व्यक्तिले दर्ता गरेको भनी उजुरी परेको र त्यसको अनुगमन गरी प्रतिवेदन तयार पार्नका लागि स्थलगत अनुगमन गर्न आफूहरु गैँडाकोट आएको आयोगका अध्यक्ष मोहनरमन भट्राईले जानकारी दिनुभयो । आफुहरुलाई केही कागजी प्रमाणहरु समेत प्राप्त भइसकेको र अव स्थलगत अनुगमनपछि आफूहरुले रिपोर्ट तयार पारी सरकारलाई बुझाउने भट्राइ बताउनु हुन्छ ।

गैंडाकोट नगरपालिका २ नारायणी नदी किनारको जमिन भूमाफियाले दर्ता गराएको भन्दै जंगा संरक्षणका लागि पलह गर्न स्थानीयहरुले बारम्बार खबरदारी गर्दै आएका थिए । 

चितवन लंकुका भूमाफियाले गैँडाकोट २ को नारायणी नदी किनारको तत्कालीन डुंगाघाट तथा गौचरनको रुपमा प्रयोग भएको ५ बिघा सार्वजनिक जग्गा दर्ता गरेको भन्दै स्थानीय समुदायहरु केही समयअगाडि आन्दोलित बनेका थिए ।

२०४४ साल अगाडि सुकुमबासी बसेको गैंडाकोट २ बोटे टोल पूर्वको नदी किनारको जग्गाबाट सुकुमबासीलाई अन्यत्रै व्यवस्थापन गरी तत्कालीन विजय युवा क्लबले २०४४ सालमा वृक्षारोपण गरेको सो जग्गा अहिले भूमाफियाको कब्जामा रहेको थाहा भएपछि स्थानीय बासिन्दाले त्यसको रक्षाका लागि आवाज उठाएका थिए ।  

सो जग्गा भरतपुर महानगरपालिका लंकु निवासी केशव सापकोटाले आफ्नो नाममा दर्ता गराएको र अहिले छोराहरुको नाममा नामसारी गरिएको लिखित फेला परेको भन्दै स्थानीयले जग्गा संरक्षणको माग गर्दै नगर प्रमुख छत्रराज पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यो जग्गाका सबै फाइलहरु मलपोतबाट ल्याएर आफूहरुले अध्ययन गरेको र सबै फाइल हेर्दा सो जग्गा २०५५ साल असार ९ गते दर्ता भएको देखिएको र १५० नम्बरको कित्ताबाट ६ वटा कित्ता बनेको भेटिएकाले अब त्यसलाई कसरी नगरपालिकाको नाममा ल्याउन सकिन्छ भन्नेतर्फ आफूहरुको ध्यान गएको र सोहीअनुसार सरकारी टोली पनि अनुगमनमा आएको बताउनुभयो ।

त्यस्तै गैडाकोट ६ शिबनगर टोलटोलेमा रहेको ७७ रोपनी सरकारी जग्गा पनि ३९ जनाको नाममा पुर्जा तयार भएको पाइएकाले सो जग्गाको पनि निरिक्षण गरेको पौडेलले बताउनु भयो । त्यहा अहिले २७१ घर धुरी सुकुम्बासी बसेको पौडेल बताउनु हुन्छ । बसाई एउटाको जग्गनचब दर्ता अकैले गरेको भेटिएकाले सो जग्गा पनि माफियाले दर्ता गरेकाले त्यो दर्ता खारेज गरी त्यहा बस्दै आएका सुकुम्बासिका नाममा दर्ता हनु पर्ने उहा बताउनु हुन्छ । गैडाकोटको सार्वजनिक जग्गा संरक्षणमा आफु  लागिरहेको पौडेलले बताउनु भयो । 

माफियाले दर्ता गरेको जग्गाको दर्ता खारेज गरी नगरपालिकाको नाममा आउनु पर्ने र भु माफियालाई कारबार्ही समेत हुनुपर्ने उहाको भनाइ छ । ७२ वर्ष सम्म गैडाकोटमा काग्रेसले सासन गरेको र त्यही बेलामा भु माफियाले जग्गा दर्ता गरेको बताउदै उहाँले अव गैडाकोटमा भुमाफियाको भागाभाग आफूले बनाउने दावी गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस