जानीराखौं : अदुवा मसाला मात्रै हैन, धेरै गुणकारी औषधी पनि हो ।

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०७६, ०९ : ४३
जानीराखौं : अदुवा मसाला मात्रै हैन, धेरै गुणकारी औषधी पनि हो ।

अदुवा सेवन स्वास्थ्यका दृष्किोणले निक्कै फलदायी मानिन्छ । अदुवामा भएको न्यूट्रीएन्ट्सले कयौँ स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । दिनहुँ आफ्नो खानामा एक टुक्रा अदुवा सेवन गर्नेले मानिसलाई धेरै फाईदा हुन्छ । खानामा भए खानामा नभए त्यसैपनि अदुवा मुखमा राखेर चुस्ने हो भने अत्यन्त लाभदायक हुन्छ । त्यसैपनि अदुवा आमरुपमा मसालाको रुपमा प्रयोग गरिन्छ । तर यसलाई तरिका पु¥याएर प्रयोग गर्ने हो भने औषधीको रुपमा काम गर्छ ।

अदुवाका फाइदा
–अदुवा सेवनले कोलेस्ट्रोल स्तर कम गर्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

–अदुवामा थर्मोजेनिक एजेन्ट्स हुन्छ । यसले फ्याट बर्निंग प्रोसेस तीव्र हुन्छ । जसकारण वजन चाँडो कम हुन्छ ।

–अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नीको दुखाईबाट बचाउँछ ।

–अदुवामा फोस्फोरस हुन्छ । जसले दाँतलाई मजबूत राख्छ र गिजाको समस्याबाट बचाउँछ ।

–अदुवा सेवनले शरीरको इम्यूनिटी बढ्छ । यसले रुघाखोकी जस्ता इन्फेक्शनबाट बचाउँछ ।

– अदुवामा एन्टीसेप्टिक गुण हुन्छ । जसले त्वचा सम्बन्धि समस्याबाट बचाउँछ ।

–अदुवामा आइरन हुन्छ । यसले रगतको कमी(एनीमिया) बाट बचाउँछ ।

–अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई कम गर्न मद्दत गर्छ । धेरै होइन, एकपटकमा १ देखि २ ग्राम अदुवा  खादाँ वेश हुन्छ।

–दिनानुदिन हुने मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्छ । यसलाई छालामा सिधा प्रयोग गर्न सकिन्छ, तर दुखाई कम गर्न अदुवाको तेल नुहाउने पानीमा राख्नुभयो भने राम्रो काम गर्छ । 

–अदुवाले स्मरणशक्तिमा  सुधार, मस्तिष्कको कार्यमा सकारात्मक प्रभाव पार्छ ।

–रुघा–खोकी, नाक बन्द हुने समस्या भएमा एक कप अदुवा–चिया पिउँनुहोस । छुट्कारा हुन्छ ।

–पेट र छाती पोल्ने समस्याको जड मुख्य गरी अपचलाई मानिन्छ । अदुवाले ५० प्रतिशत अपच समस्यालाई तुरुन्तै हटाइदिन्छ र तपाईको पेटलाई चाँडै खाली पार्ने काम गर्छ ।

–गठिया रोगीका लागि दुखाई कम गर्न अदुवा लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस