नेकपा सचिवालय बैठक आज बस्दै

राष्ट्रिय सभाका उम्मेदवार र सभामुख चयनमा छलफल हुने

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०७६, ०९ : ०५
नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तासिन दल नेकपाले सभामुख चयन गर्न नसक्दा संसद बन्धक बनिरहेका बेला उसले सभामुख र राष्ट्रिय सभा उम्मेदवार प्याकेज सहमतिका आधारमा चयन गर्ने तयारी थालेको छ । २० पुसमा राष्ट्रिय सभाका उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेपछि प्रमुख दलहरु उम्मेदवार चयनको आन्तरिक तयारीमा पनि जुटेका छन् ।

काँग्रेसले आजै पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ भने नेकपाले सचिवालयको बैठक । नेकपाले दिउँसो ४ बजे सचिवालयको बैठक बोलाएइको महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘हामी आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बस्दैछौं,’ महासचिव पौडेलले सफलखवरसँग भने,–‘सभामुख र राष्ट्रिय सभा उम्मेदवार चयनका विषयमा छलफल गदैछौं ।’

प्रधानमन्त्री ओलीले सभामुखमा पूर्व सभामुख सुवास नेम्वाङलाई अगाडी सारेपछि नेकपाभित्र सभामुख चयनमा विवाद छ । पूर्व भागवन्डाको सहमति अनुसार सभामुख पूर्व माओवादी नेताका तर्फवाट चयन हुनुपर्ने हो । प्रचण्डले सभामुख चयनको प्रस्ताव आफुले गर्न पाउनुपर्ने बताईरहदा मंगलवार भएको दुई अध्यक्षबीचको छलफलमा ओलीले सभामुखमा नेम्वाङलाई अगाडी सारौं भन्ने प्रस्ताव गरेपछि नेकपाले सभामुख चयन गर्न सकेको छैन् ।

सभामुखमा नेम्वाङ, शिवमाया तुम्बाहाम्फे, अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुषाल दाबेदार छन् । पूर्व सभामुख ओनसरी घर्तीको नाम पनि बेलाबेला नेकपाभित्र चर्चामा छ । सभामुख चयन हुन नसक्दा २७ पुससम्म संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । राष्ट्रिय सभाका १९ सिटमा माघ ९ मा चुनाव हुदंैछ् ।

प्रदेश २ मा राजपासँग दुई दुई सिटमा चुनावी तालमेल भएकोले अब उसले १७ सिटका लागि उम्मेदवार चयन गर्नुपर्नेछ् । समाजवादीले छोडेको दुई मन्त्रालयमा पनि मन्त्री कसलाई नियुक्ति गर्ने भन्ने नेकपाभित्र चर्चा छ । यी सवै विषय प्याकेज सहमतिका लागि नेकपाभित्र छलफल शुरु भएको नेताहरु बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस