पढ्नुहोस्, खुसी रहने १० उपाय

बुधबार, १६ पुस २०७६, १२ : ४६
पढ्नुहोस्, खुसी रहने १० उपाय

१. हिँड्नु
प्रत्येक दिन १० देखि ३० मिनेट हिँड्ने गर्नुपर्छ । हिँडाइले शरीरमा ताजापन दिन्छ । जसले मन शान्त हुन्छ । शरीर स्वस्थ रहन्छ ।

२. मौन रहनु
दैनिक जीवनको भागदौडबाट १० मिनेट समय निकालेर मौन बस्नु शरीरका लागि फाइदाजनक हुन्छ । पलेटी कसेर आँखा चिम्म गरी १० मिनेर मौन बस्नु उत्तम ।

३. प्रार्थना
बिहानको हिँडाइपछि फर्किएर प्रार्थना गर्नु राम्रो । प्रार्थना गर्दै भगवान्लाई हिजोसम्मको साथ र सहयोगका लागि धन्यवाद दिँदै आजको दिनको लक्ष्य पूरा गर्न सहयोग माग्दा मनमा उत्साहको सञ्चार हुन्छ र लक्ष्यमा ध्यानकेन्द्रित हुन्छ ।

४. प्राकृतिक खानामा जोड
सकेसम्म प्राकृतिक खानामा जोड दिनुपर्छ । जंक फुड जति अस्वीकार ग¥यो त्यत्ति मन र शरीर स्वस्थ हुन्छ । बिहान ग्रिन टि र पानी खानुपर्छ । ब्रोकाउली, आल्मोन्ड खानु राम्रो ।

५. ऊर्जाको जोहो
अरूको निन्दा गर्न, अरुबारे नकारात्मक टिप्पणी र सोच अनि विगतको समीक्षा सम्झिँदै मनलाई खिन्न बनाएर ऊर्जा नष्ट नगरौं । अरूको जीवनसँग तुलना गर्दै निरास हुने बानी छ भने त्यागौं ।

६. सन्तुलित भोजन
बिहानको खाना एक्लै खानु, दिउसोको खाजा साथीसँग खानु अनि बेलुकाको खाना दुष्मनलाई दिनु भन्ने कथनले सन्तुलित भोजनमा जोड दिन्छ । दिउसो र बेलुका हलुका खाना खानु राम्रो ।

७. जीवनलाई स्वीकार
जहिले पनि उस्तै अवस्था र परिस्थिति रहन्न । परिवर्तन भइरहन्छ । कहिले काम सफल हुन्छ, कहिले असफल । जीवनको उतारचढाव स्वीकार गरी धैर्य गर्नु खुसीको बाटो हो । 

८. नजिता स्वीकार
सधैं जित सम्भव छैन । जीवनमा असल नियतले काम गर्दागर्दै पनि परिणाम विपरीत आउन सक्छ । त्यसमा निराश हुनुको साटो नतिजा स्वीकार गर्नुपर्छ । आफ्नो कुनै कामको नतिजाका लागि अरूलाई दोष दिने बानी छ भने त्यागौं । आफ्नै कामको परिणाम हो भन्ने स्वीकार गरौं ।

९. सहयोगी बानी
अरुलाई सहयोग गर्ने बानी बसालौं । सहयोग निःस्वार्थ गर्दा आफैंलाई फाइदा हुन्छ । अपेक्षासहितको सहयोगले पछि निराश बनाउन सक्छ ।

१०. आत्म परीक्षण
कसले तपाईंको बारेमा के भन्छ त्यो महत्वपूर्ण हैन, तपार्इंलाई नै आफू कस्तो लाग्छ त्यो नै महŒवपूर्ण हो । स्वीकार गर्नुस् सबैको प्रिय हुन सम्भव छैन । आत्मपरीक्षण मार्फत अरुले के भन्छ भनेर चासो दिनुभन्दा कुनै खराब व्यवहार छ भने आफैं सुधार गर्नु राम्रो । - शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस