भ्रष्टाचारको अनुसन्धान गर्नेहरू आफैँ फन्दामा

पत्रपत्रिकाबाट

बुधबार, १६ पुस २०७६, ०७ : ५९
भ्रष्टाचारको अनुसन्धान गर्नेहरू आफैँ फन्दामा

काठमाडौं ।  भ्रष्टाचारको अनुसन्धान गर्नेहरू आफैँ फन्दामा पर्न थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ । भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने कर्मचारी आफैं पनि इमान्दार र नैतिकवान छैनन् । आयोगमा कार्यरत अवस्थामै तथा अन्य कार्यालयमा सरुवा भएपछि उनीहरू आफैं अनियमिततामा संलग्न हुने गर्दछन् ।

आयोगका तल्लो तहका कर्मचारीदेखि प्रमुख आयुक्तसम्म भ्रष्टाचारको छानबिनमा तानिएका छन् । आयोगमा सहायक प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका उपसचिव खगेन्द्रप्रसाद रिजाल मंगलबार आयोगकै हिरासतमा पुगेका छन् ।

दोलखाको प्रमुख जिल्ला अधिकारीका रुपका कार्यरत रहँदा अभद्र व्यवहार मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न उनीहरूसँग घुस लिई भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्न आयोगले उनलाई नियन्त्रणमा लिइएको हो । मिडियामार्फत उनको घुसकाण्ड सार्वजनिक भएपछि आयोगले छानबिन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस