Safal Khabar - लघुकथा : चिताको बाटो
मङ्गलबार, २७ साउन २०७७ (Tuesday, 11 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
लघुकथा : चिताको बाटो
मङ्गलबार, १५ पुष २०७६, १२ : ५४
लघुकथा : चिताको बाटो

– शान्ता सिम्खडा

मागी विवाह भएपनि अति प्रेम थियो उनीहरूमा । बुढीबिना एकछिन पनि बस्न सक्दैनथ्यो उ । बुढी पनि उबिना बस्न सक्ने कुरै भएन । सन्तान जन्मिएपछि बुढीले आफूलाई समय दिन्न, दुबैजना सँगै बाहिर जान पनि गाह्रो हुन्छ भन्ने सोच्थ्यो उ । त्यसैले भिटामिन भन्दै बुढीलाई झुक्याएर सन्तान नहुने औषधि खुवाईरह्यो । 

समयले जवानीलाई कुरेर बसेन । औषधिले पनि जवानी थेगेन । दुबैको उमेर ढल्यो । औषधिको नकारात्मक प्रभावले होला बुढीचाहिँ अझै बुढी र सिथिल देखिइ । उ बुढीबाट सन्तुष्ट हुन छोड्यो । 

Yeti Diistillery
Tansen Cement box

सुनिन्थ्यो, ञउ दिन बिराएर आफूभन्दा कम उमेरका केटीलाई लिएर कहिले डान्सबार, कहिले कुन होटल त कहिले कुन लज पुग्थ्यो रे । उसलाई कहिल्यै पनि आफ्नो कर्मको पश्चाताप भएन । किनकी उ भन्थ्यो, बुढालाई खुसी पार्नु बुढीको कर्तब्य हो ।

त्यति भनिरहँदा उसले आफ्नो कर्तब्य सम्झियो कि सम्झिएन होला ? सत्य उसलाई थाहा थियो । तर सत्यलाई उजागर गरेर वा स्वीकारेर उ आफ्नो बासनाको तृष्णालाई विराम दिन चाहँदैनथ्यो । 

औषधि, समय र चिन्ताले गलाउँदै गएकी आफ्नी थकित र गलित बुढीलाई देख्ने बित्तिकै उ चिडिन्थ्यो, झर्किन्थ्यो । परस्त्रीसँग तुलना गर्दै अपमानित गर्थ्यो । यति भइरहँदा उसले यो बिर्सियो ञउसलाई पनि काल (समय0 ले खाइरहेको छ ।

हरेक क्षण चिन्तै चिन्ताले गर्दा वेलैमा चिताको बाटो समाती उसकी बुढीले । तृष्णाको घ्याम्पो बोकेर बासनाको महासागरमा हाम फालेको थियो उसले । आनन्दको चरम सन्तुष्टि भर्न । तर बासनाकै महासागरमा असन्तुष्ट भइ निसास्सिएर मर्यो उ पनि ।

प्रतिक्रिया दिनुहोस