सिजी ल्यान्डमार्कमा भव्य सांगीतिक कार्यक्रम हुने

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १८ : १३
सिजी ल्यान्डमार्कमा भव्य सांगीतिक कार्यक्रम हुने

चितवन । चितवनको भरतपुरस्थित अत्याधुनिक एवं सुविधा सम्पन्न व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मंगलबार दिनभरी भव्य सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । सिजी ल्यान्डमार्कले अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या (न्यू इयर इभ) मा आफ्ना ग्राहक, शुभचिन्तक लगायत सम्पूर्ण चितवनवासीलाई मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । 

सांगितिक कार्यक्रममा ‘निर जहिले रिसाउनी...,’ ‘साली मन प¥यो...’ जस्ता चर्चित गीतका गायक, संगीतकार तथा नेपाल आइडलका एकजना निर्णायक कालिप्रसाद बाँस्कोटा र स्थानीय सांगीतिक समूह ट्र्यांगल ब्यान्डको प्रस्तुति रहनेछ । सांगीतिक प्रस्तुतिमा ल्होसार डान्स पनि समावेश गरिएको कम्पनीले जनाएको छ । 

कम्प्लेक्सको ग्राउन्ड फ्लोरमा दिनभर चल्ने सांगीतिक कार्यक्रमको मज्जा लिन कुनै शुल्क नलाग्ने सिजी ल्यान्डमार्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसालै सञ्चालनमा आएको अत्याधुनिक तथा सुविधा सम्पन्न सिजी ल्यान्डमार्कमा विश्व विख्यात अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट, फुडकोर्ट, स्विमिङ पुल, अत्याधुनिक सिनेमाहल लगायत सुविधा उपलब्ध रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस