देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रश्न : सीमा मिचुवा भारतको विरोध गर्दा किन धरपकड ?

सोमबार, १४ पुस २०७६, १७ : २८
देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रश्न : सीमा मिचुवा भारतको विरोध गर्दा किन धरपकड ?

चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चा चितवनले भरतपुरमा सरकार र भारतको विरोधमा प्रदर्शन गरेको छ । आज चौविसकोठीमा भेला भएर मोर्चाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । 

मोर्चाका चितवन अध्यक्ष बाबुराम प्यासीले नेता सिपी गजुरेललाई पक्राउ गरेर सरकारले नालायकिपन प्रदर्शन गरेको बताए । भारतले सीमा मिचेको विषयमा विरोध गर्दा सरकारले नेता कार्यकर्तामाथि धरपकट गर्नु निन्दनीय भएको उनको भनाई छ ।

उनले विस्तारवादी भारतको विरोध गर्दा नेता कार्यकर्तामाथि धरपकड गर्नुको जवाफ सरकारले दिनुपर्ने बताए । उनले भने ‘लिपुलेक, लिम्पीयाधुरा, कालापानीबारे हामीले वर्षे अघिदेखि खबरदारी गर्दै आएका थियौं, अहिले आएर जे भन्दै आएका थियौं त्यही भयो, तर भारत विरोधका आवजलाई दवाउन खोजेर ओली नेतृत्वको सरकारले के गर्न खोजेको ?’ 

सरकार भारतको पाउमा परेको उनको भनाई थियो । उनिहरुले लिपुलेक हाम्रो हो, सरकार किन मौन ?, भारतिय विस्तारबाद मुर्दाबाद लगायतका नारा लगाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस