काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिमा ४ एजेण्डामा छलफल हुने भएको छ । पार्टी स्थायी समितिले २३ माघमा बोलाएको केन्द्रीय समिति बैठकमा छलफलका चार एजेण्डा हुने केन्द्रीय सदस्यहरुलाई आन्तरिक सर्कुलर गरिएको छ ।
एजेण्डाहरुमा (१) राजनीतिक प्रतिवेदन (२) विधान संशोधन प्रस्ताव (३) राष्ट्रिय अभियानको योजना(४) समसामयिक प्रस्तावहरु मा छलफल हुने केन्द्रीय सदस्यहरुलाई जानकार गराईएको छ ।
अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको पार्टीको अन्तरपार्टी निर्देशन ३ मा यससम्बन्धी जानकारी दिईएको छ ।
७ पृष्ठ लामो सर्कुलर गदै नेताहरुले अहिले प्राप्त सफलता र उपलब्धीलाई देशी तथा विदेशी प्रतिक्रियावादी शक्ति एवं प्रवृत्तिहरुले चुनौतीका रुपमा लिएको भन्दै उनीहरुले गर्ने अनेक प्रकारका षड्यन्त्र र प्रहार को सही विचार, सुदृढ एवं गतिशील संगठन र बलियो एकताले मात्र सम्भव हुने उल्लेख गरिएको छ ।
के छ सर्कुलरमा हेर्नुहोस :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०७६, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?