काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिमा ४ एजेण्डामा छलफल हुने भएको छ । पार्टी स्थायी समितिले २३ माघमा बोलाएको केन्द्रीय समिति बैठकमा छलफलका चार एजेण्डा हुने केन्द्रीय सदस्यहरुलाई आन्तरिक सर्कुलर गरिएको छ ।
एजेण्डाहरुमा (१) राजनीतिक प्रतिवेदन (२) विधान संशोधन प्रस्ताव (३) राष्ट्रिय अभियानको योजना(४) समसामयिक प्रस्तावहरु मा छलफल हुने केन्द्रीय सदस्यहरुलाई जानकार गराईएको छ ।
अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको पार्टीको अन्तरपार्टी निर्देशन ३ मा यससम्बन्धी जानकारी दिईएको छ ।
७ पृष्ठ लामो सर्कुलर गदै नेताहरुले अहिले प्राप्त सफलता र उपलब्धीलाई देशी तथा विदेशी प्रतिक्रियावादी शक्ति एवं प्रवृत्तिहरुले चुनौतीका रुपमा लिएको भन्दै उनीहरुले गर्ने अनेक प्रकारका षड्यन्त्र र प्रहार को सही विचार, सुदृढ एवं गतिशील संगठन र बलियो एकताले मात्र सम्भव हुने उल्लेख गरिएको छ ।
के छ सर्कुलरमा हेर्नुहोस :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०७६, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग