सहवासको लामो आनन्दका लागि यी टिप्स

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०७६, २१ : ०१
सहवासको लामो आनन्दका लागि यी टिप्स

फाईल फोटो

काठमाडौँ । विवाहित वा प्रेमी दम्पतीहरू सेक्स क्रियाको आनन्द लामो समयसम्म कायम रहोस् भन्ने चाहन्छन् । यस्तो आनन्दको लम्बाई तपाईं आफूमा भर पर्ने कुरा हो ।

हुन त यस्तो लामो समय टिक्ने कुरा पोर्न हेरेर तपाईंको मनमा बसेको हुनसक्छ । तर वास्तविकता के हो भने प्रेम सम्बन्धलाई पूर्ण रूपमा स्थापित गर्नका लागि ३० मिनेट लाग्छ । यसमा व्यक्ति अनुसार समय थपघट हुनसक्छ ।

सेक्स गर्दा तपाईं तीन मिनेटभित्रै स्खलित हुनुहुन्छ भने तपाईंमा केही समस्या छ । यो समस्याको समाधानका लागि तपाईं तल लेखिएका कुरामा ध्यान दिनुस् :

फलफूल सागसब्जी खाने गर्नुस् । अध्ययनका अनुसार मांसाहारी भोजन गर्ने पुरुषका तुलनामा शाकाहारी पुरुषले लामो समय सेक्सको आनन्द उठाउन सक्छन् । फल र तरकारीबाट पाइने पौष्टिकताले उनीहरूलाई तागत र ऊर्जा प्रदान गर्छन् ।

सेक्स गर्नुअघि केरा खानुभयो भने लामो समय टिक्नुहुनेछ । केरामा पोटेसियम र ग्लुकोज हुन्छ र यसले तपाईंलाई सेक्सको पूरा आनन्द दिलाउँछ ।

अमलाको रस नियमित पिउने पुरुषको वीर्य क्षमता पनि बढ्छ अनि सेक्सको पनि आनन्द उठाउन मद्दत गर्छ । अमलामा जिन्क र आइरन भरपूर हुन्छ ।

सम्भोगअघि स्ट्रबेरी खानुभयो भने लामो समय सेक्स गर्न सक्नुहुन्छ ।

यसका अलावा चिनी र चुरोट त्याग्नुभयो भने पनि तपाईं लामो समय सहवास गर्न सक्नुहुन्छ । धुम्रपान गर्दा धमनी कडा भएर लिंगमा रक्तप्रवाह हुन पाउँदैन र उत्तेजित हुन दिँदैन ।

सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने हात र पेटका मांसपेशी बलियो हुनु जरूरी हुन्छ । यसका लागि घरैमा वा जिम गएर व्यायाम गर्ने सल्लाह दिइन्छ । व्यायाम गर्दा लिंगमा राम्ररी रक्तसञ्चार हुन्छ जसका कारण यसलाई उत्तेजित हुन मद्दत पुग्छ ।

प्राक्क्रीडा गर्नुभयो भने तपाईं आफ्नो पार्टनरलाई खुशी बनाउन सक्नुहुन्छ र चरमसुख पनि लामो समयसम्म पाउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस