काठमाडौं । सत्तासिन पार्टी नेकपाले सभामुख चयन गर्न ढिलाई गरेपछि प्रतिनिधि सभाको आज दिउँसो बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाईएको थियो । बैठक पुस १६ गते बस्ने छ ।
सूचनामा भनिएको छ “आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०७६, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?