बलिउड स्टार सलमान खान भन्दा बढी कमाउछन् त क्रिकेटर विराट कोहली ?

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, १३ : ००
बलिउड स्टार सलमान खान भन्दा बढी कमाउछन् त क्रिकेटर विराट कोहली ?

काठमाडौं । हाम्रो छिमेकी मुलुक भारतमा फिल्मकर्मी र क्रिकेट खेलाडीको छुट्टै क्रेज रहदै आएको छ । यि दुवै क्षेत्रका कुनै व्यक्तिले कुनै काम गरेपनि मिडियाको लागि मसाला बन्ने गरेको छ । त्यसैक्रममा अहिले भारतीय सुरपस्टार सलमान खानभन्दा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली बढी धनी र कमाई गर्ने देखिएको खबर सार्वजनिक भएको छ । कोहलीले कमाइमा भारतका चर्चित क्रिकेटरहरूलाई त पछि पारे नै बलिउड स्टारहरुलाई समेत जितेका छन्। कमाइको हिसाबमा यो पालि सलमान खान, शाहरुख खान र अक्षयकुमार समेत पछि परेका छन् उनको अगाडि।

फोर्बस म्यागेजिनले हालै सार्वजनिक गरेको भारतका सय सेलिब्रेटीको आम्दानीको सूचीअनुसार विराट पहिलो स्थानमा छन्। विज्ञापनबाट हुने कमाइ र लोकप्रियताका आधारमा यो सूची तयार पारिएको फोर्बसले जनाएको छ।

अहिले विराटको कमाइ २ सय ५२ करोड ७२ लाख भारु पुगेको  छ। कोहलीको कमाइ म्याच फि, बिसिसिआईसँगको सम्झौता, ब्रान्ड एम्बासडर, विज्ञापन, आइपिएलबाट हुने आम्दानी जोडिएको छ। कोहलीले इन्स्टाग्रामको प्रत्येक प्रायोजित पोस्टका लागि कम्तीमा एक करोड भारु लिने गरेका छन्।

दोस्रो नम्बरमा रहेका अक्षयकुमारको कमाइ २ सय ९३.२५ करोड निस्कियो। विराटभन्दा बढी कमाए पनि अक्षय लोकप्रियतामा पछि रहेकाले उनलाई दोस्रो स्थानमा राखिएको म्यागेजिनले जनाएको छ।

तेस्रो स्थानमा झरेका सलमानको कमाइ २ सय २९.२५ करोड छ। अमिताभ बच्चन र भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी चौथो र पाँचौ नम्बरमा छन्। अमिताभको २ सय ३९.२५ करोड र धोनीको १ सय ३५.९३ करोड भारु कमाइ छ।

प्रतिक्रिया दिनुहोस