नेम्वाङ र तुम्बाहाम्फेबीच बोलचाल बन्द !

दुवै सभामुखका आकांक्षी

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, ०९ : १३
नेम्वाङ र तुम्बाहाम्फेबीच बोलचाल बन्द !

काठमाडौं । संसदको उपसभामुख शिवमाया तुम्बाहाम्फे र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पारिवारिक सम्बन्ध खोज्दै हिड्ने हो भने नातेदार पर्छन् । अर्थात भूपू–भदैको नाताको सम्बन्ध छ यी दुई नेताका बीचमा ।

तुम्बाहाम्फेलाई पहिलो चोटी संसदमा प्रवेश गराउने देखि संसदको उपसभामुख बनाउने सम्मका अवसर उनै नेम्वाङ ओलीमाथी हावी भईदिँदा मिलेको थियो । तर अहिले महत्वाकांक्षाले मान्छेलाई कँहासम्म पु¥याईदिँदो रहेछ भन्ने उदाहरण यी दुई नेताका बीचमा हेर्दा थाहा लाग्ने तत्कालिन नेकपा एमाले पक्षधर नेताहरु बताउँछन् । अहिले नेम्वाङ र तुम्बाहाम्फेका बीचमा सामान्य औपचारिकता बाहेक बोलचाल बन्द छ ।

संसदका निर्वतमान सभामुख कृष्णबहादुर महराले १४ असोजमा संसदकै एक कर्मचारी रोशनी शाहीमाथी बलात्कार प्रयास गरेको आरोपमा राजीनामा दिए । त्यो प्रकरण सार्वजनिक गर्ने देखिका काममा उपसभामुख तुम्बाहाम्फे आफंै अदृश्य रुपमा सक्रिय भएकी थिइन् । उनको दाउ थियो, महरा बलात्कार प्रयासको काण्डमा फसेभने आफु त्यो पदमा पुग्ने । स्वभावतः उपसभामुख भईसकेका ब्यक्ति सभामुख बनाइने, महराको दोषमा आफुले बलिदान दिनुनपर्ने ठानेर उनले त्यसबेला महरा काण्ड सार्वजनिक गराउन भित्री चलखेल गरेको संसद सचिवालयकै कर्मचारीहरु बताउँछन् ।

संसदको सभामुख अब को बन्ने प्रसंग आउन थाल्यो, उनको अहिले संविधानसभाका अध्यक्ष समेत भईसकेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगै बोलचाल बन्द हुन थालेको छ । नेम्वाङ र तुम्बाहाम्फे अहिले दुवै सभामुखका आकांक्षी भएपछि यी दुईका बीचमा बोलचाल वन्द भएको हो । आफु उपसभामुख भईसकेको र यो बेला नेम्वाङले आफुलाई सभामुख बनाउन लविङ गर्नुपर्नेमा आफै फेरि सभामुख बन्ने दौडमा लागेको देखेपछि तुम्वाहाम्फे सुवाससँग चिढिएकी छिन् ।

रुखो स्वभावकी तुम्बाहाम्फे संसद सचिवालयका कर्मचारीलाई पनि हप्काई दप्काई गर्ने कडा स्वभावकी छिन् । जातिवादी र बढि महिलावादी भएको आरोप पनि उनीमाथी लाग्दै आएको छ । पार्टी एकतापूर्व प्रधानमन्त्री र सभामुख एक–एक ओटा पार्टीलाई भागवन्डा लगाउने सहमति अनुसार प्रधानमन्त्रीमा केपी ओली र सभामुखमा कृष्णबहादुर महरा बनेका थिए ।

तर सभामुख महराले राजीनामा दिएपछि अहिले पूर्व एमालेहरु त्यसबेलाको भागबन्डा भत्काउन र सभामुख आफनो पक्षका नेताहरुको पोल्टामा पार्न अनेक दाउ गरिरहेका छन् । पार्टी एकता भएपनि एकता महाधिवशेनसम्म पूर्ववत पार्टीका बीचमा भएको भागवन्डा जोगाईराख्नुपर्ने माओवादी पक्षका नेताहरुको मत विपरित नेम्वाङ र तुम्बाहाम्फे आफै शक्तिकेन्द्रको रेसमा कुद्न थालेपछि बोलचाल बन्द भएको हो ।  नेम्वाङ ओलीमार्फत र तुम्बाहाम्फे राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सभामुखको लविङमा छन् ।

पूर्व माओवादीवाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुषाल पनि सभामुखको लविङमै छन् । अध्यक्ष प्रचण्डलाई माओवादी धारका नेताहरुले सम्वैधानिक पदको एकतापूर्वको भागवन्डा भएकोले दावी नछोड्न दबाब बढाईरहेका छन् । प्रचण्डले सभामुख छोडिसकेको, कुनै पदसँग साटेको जस्ता हल्ला बजारमा चलाइएपनि त्यसमा सत्यता नरहेको उनी निकट एक नेताले बताएका छन् ।

यस विषयमा ओली प्रचण्ड सामान्य छलफल चलेपनि पात्रका विषयमा छलफल नचलेको ति नेताले बताए । प्रचण्ड आज चितवनवाट फर्केपछि मात्र ओलीसँगको अबको छलफलमा सभामुखका विषयमा निर्णायक रुपमा छलफल चल्ने ति नेताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस