मेरी क्रिसमस

बुधबार, ०९ पुस २०७६, १५ : ३८
मेरी क्रिसमस

- इन्दिरा प्रयास

हुन चाहिँ कस्की हुन यिनी सबै मेरी भन्छन्
अहिले सम्म भन्या छैन कहिले तेरी भन्छ्न् ?

राम्रो सोची बोलाउदा नि उल्टो लाग्छ अर्थ
बाइफाले रे हो यो भालु अनि धेरै हेरी भन्छन्

जिससकी हुन की कृष्णकी हुन प्रेम पियारी
बुझ्न खोज्दा सबै मलाई किन केरी भन्छन्

कसैकी देवी कसैकी जलपरी खै के के के के
हिन्दु हो या मुस्लिम मेरी क्रिसमस फेरी भन्छन्

एक्छिन बाटोमा हिड्नोस् बुझ्नुहोस् बिचार
हजुरलाई पनि मेरी क्रिसमस बेरीबेरी भन्छन्

प्रतिक्रिया दिनुहोस