पढ्नुहोस्, बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउने उपाय

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, १४ : ४२
पढ्नुहोस्, बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउने उपाय

काठमाडौं । बाडुल्की आउनु एक सामान्य समस्या हो । सामान्यतया छिटो-छिटो खाँदा, तातो खानासँग चिसो पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुल्की लाग्ने गर्छ ।  केही मान्यता अनुसार, यदि कसैले हामीलाई याद गरिरहेको छ भने बाडुल्की लाग्न शुरू हुन्छ तर बाडुल्की लाग्नुको पछि वैज्ञानिक कारण अर्कै छ ।

बाडुल्की लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिँदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा बाडुल्की लागेको भनिन्छ।

बाडुल्की किन लाग्छ ? यसको जवाफ अझै वैज्ञानिकहरुले किटान गर्न सकेका छैनन् तर बाडुल्की लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुल्की लाग्न सक्छ ।

बाडुल्कीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । बाडुल्की लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा बाडुल्की किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ । यसबारे अझै अनुसन्धान जारी नै छ ।

बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउने उपायहरू :

१- आफ्नो श्वासलाई लामोसम्म भित्र लिई केही सेकेण्डको लागि रोक्नुहोस् । यसले फोक्सोमा जमेको कार्बनडाइअक्साइड जब डायफ्रामबाट बाहिर निस्कन्छ तब बाडुल्की लाग्न बन्द हुन्छ ।

२- पानीमा थोरै नून मिलाएर एक वा दुई घुट्की पिउनुहोस् । यसले बाडुल्की लाग्ने समस्याबाट तुरुन्त आराम मिल्छ ।

३- कागतीको सेवनले बाडुल्की लाग्ने समस्यालाई रोक्न सकिन्छ । जब तपाईलाई बाडुल्की लाग्छ तब कागतीको एक चम्मच रसमा एक चम्मच महको मिश्रण गरी सेवन गर्नुहोस् । यसको सेवनले बाडुल्की लाग्ने समस्या तुरुन्त निको हुन्छ ।

४- सिरकाको खट्टो स्वाद बाडुल्की रोक्न निकै मद्दत गर्छ । जब बाडुल्की लाग्छ तब एक चम्मच सिरकाको सेवन गर्नुहोस् । जसले तुरुन्त बाडुल्की लाग्न बन्द हुन्छ ।

५- दुई वा तीन कालो मरिजको दानामा थोरै मिश्री मिलाउनुहोस् । अब यसलाई चपाएर रस चुस्नुहोस् । यो उपाय बाडुल्की रोक्नका लागि सबैभन्दा उपयोगी उपाय मध्य एक हो ।

६-  एक चम्मच चीनीको सेवन पनि बाडुल्की रोक्नको लागि अचूक उपाय मानिन्छ ।  - एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस