काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ ।
नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन् ।
नयाँ वरियतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसैगरी न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । यता टी–ट्वान्टी वरियतामा भने नेपाल १२औँ स्थानमा छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि