नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् ।
दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार राती साढे १२ बजे आगलागीको सूचना आएको थियो । त्यसपछि आठवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो । बिहान करिब ३ बजेर ५० मिनेट जाँदा आगोमाथि नियन्त्रण पाइएको थियो ।
आगलागी कसरी भयो भन्ने विषयमा जाँच भइरहेको छ । यद्यपि, एक अधिकारीका अनुसार गोदाम रहेको भवनको दोस्रो तल्लामा सिलिन्डर विस्फोट भएको थियो । जसले गर्दा भवनको केही हिस्सा खसेको थियो ।
आगलागीको समय मानिसहरु गोदाममा सुतिरहेका थिए । एउटा सानो गल्लीभित्र गोदाम भएका कारण अग्निनियन्त्रकहरुलाई आगलागी नियन्त्रण गर्न समस्या भएको थियो ।
यसअघि, गत ८ डिसेम्बरमा दिल्लीको अनाज मन्डी रहेको फ्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । मृत्तकमध्ये २५ जना बिहारका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ पुस २०७६, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि