मोदी दिल्लीको र्‍यालीमा सहभागी हुँदै

एजेन्सी

आइतबार, ०६ पुस २०७६, १३ : ५३
मोदी दिल्लीको र्‍यालीमा सहभागी हुँदै

नयाँदिल्ली । भारतमा नयाँ नागरिकता संशोधन कानुनको देशव्यापी विरोध भइरहेको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार नयाँ दिल्लीस्थित रामलीला मैदानमा आयोजित र्‍यालीमा सहभागी हुँदैछन् ।

उनी भाजपाले आयोजना गरेको र्‍यालीमा सहभागी हुन लागेका हुन् । प्रधानमन्त्रीले कार्यक्रममा नागरिकता कानुनको बारेमा केन्द्रित रहेर विशेष सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

उनले दिल्लीमा हुन लागेको विधान सभा निर्वाचनलाई ध्यान दिएर सम्बोधन गर्न लागेको बताइएको छ । भाजपाको शनिबारको बैठकमा देशका हजार स्थानमा १० दिनभित्र र्‍याली गर्ने र नागरिकता कानुनबारे फैलिएको भ्रम तोड्ने निर्णय गरिएको थियो । - बीबीसी

प्रतिक्रिया दिनुहोस