तातोपानीले नुहाउँदा शरीरमा पर्छन यस्ता गम्भीर असर

एजेन्सी

आइतबार, ०६ पुस २०७६, १२ : ०१
तातोपानीले नुहाउँदा शरीरमा पर्छन यस्ता गम्भीर असर

एजेन्सी । हिउँद सुरु भएसँगै जाडो बढ्ने क्रम पनि बढिरहेको छ । जाडो बढेपछि तातोपानीको प्रयोग पनि बढ्दै जान्छ । विशेषगरी जाडोयाममा तातो पानीमा नुहाउने चलन छ । जाडो मौसममा तातोपानीमा नुहाउँदा आनन्द महसुस त हुन्छ । तर के जाडो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई फाइदा पुग्छ त ? डाक्टरहरुका अनुसार जाडोमा तातोपानीले नुहाउँदा धेरै बेफाइदाहरु हुन सक्छन् ।

ती के के हुन् त ?

सुख्खापन 
तातोपानीले छालामा सुख्खापन पैदा गराउँछ । छालामा भएको नरमपना हराउँछ र छाला रुखो हुन्छ । नरम र संवेदनशील छाला भएकाहरुले तातोपानीले नुहाउँन हुँदैन ।

संक्रमण
धेरै तातोपानीले नुहाउँदा शरीरको प्राकृतिक तैलियपना हराउँछ जसको कारण शरीरमा अनावश्यक एलर्जी र संक्रमण बढ्न थाल्छ ।

पुरुषको सन्तान उत्पादन क्षमतामा असर 
एक अध्ययनका अनुसार धेरै समयसम्म तातोपानीमा नुहाउँने पुरुषको प्रजनन् क्षमतामा असर पर्न सक्छ । जसले गर्दा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास आउँछ । 

आलस्यता
तातोपानीले नुहाउँदा फुर्तिलोपना हराएर शरीर आलस्य हुन्छ । तातोपानीले नुहाउँदा अल्छी लाग्ने र निन्द्रा लाग्छ । 

चाउरी​पना
उमेर नपुग्दै चाउरीपनाले नसताओस् भन्ने चाहानुहुन्छ भने तातोपानीले नुहाउँन हुँदैन । तातोपानीले अनुहारलगायत शरीरका सबै अंगको प्राकृतिक तैलियपना घट्दै जान्छ र अनुहारमा चाउरी पर्न थाल्छ ।

कपालको लागि हानिकारक
तातोपानीले कपाललाई निकै असर पुर्याउँछ । यसले कपालको छाला सुख्खा बनाइदिन्छ जसले कपालको जरा कमजोर बन्छ र कपाल झर्न थाल्छ ।

डिप्रेसनको खतरा 
धेरै तातोपानीमा नुहाउँने व्यक्तिलाई डिप्रेसनको खतरा हुन्छ । तातोपानीले शरीरमा भएको फुर्ति हराउँछ र थकित र अल्छी गराउँछ जसले गर्दा कहिलेकाहीँ डिप्रेसनको समस्या पनि निम्ल्याउँछ ।

आँखामा पनि समस्या 
तातो पानीले आँखालाई पनि असर पुर्याउँछ । तातोपानीको प्रयोगले आँखा चिलाउने समस्या आउँछ । 

प्रतिक्रिया दिनुहोस