नेकपाको स्थायी समिति बैठक आज सकिँदैं

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, ०९ : १३
नेकपाको स्थायी समिति बैठक आज सकिँदैं

File photo

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आज सकिदैंछ  । अध्यक्षद्धयको तर्फबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संसोधन प्रस्तावलाई बैठकले परिमार्जन सहित पारित गर्न लागेको हो ।

बैठकले पार्टी केन्द्रीय समिति बैठक १५ दिनपछि पुस २१ बाट गर्ने, वामदेव गौतमलाई विधान संसोधन गरी उपाध्यक्ष बनाउन सचिवालयले ल्याएको प्रस्तावलाई अनुमोदन गर्ने, सचिवालय अहिले बिस्तार नगर्ने लगायतका निर्णय गर्दै बैठक सकिने नेताहरुले बताएका छन् । नेकपा स्थायी समिति बैठक एक वर्ष पछि मंसिर २९ बाट शुरु भएको थियो ।

बैठक बिहान ११ वजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्न लागेको हो । केन्द्रीय समिति बैठक पार्टी एकताको १९ महिनापछि बस्न लागेको छ  । त्यसका लागि पुसको तेश्रो साता तय भएको छ । अध्यक्ष प्रचण्डले शनिबारको पार्टी बैठकमा १५ दिनपछि केन्द्रीय समिति बैठक बोलाउन लागिएको जानकारी गराएका थिए ।

नेकपा बैठकमा चर्काचर्की परेको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) का बारेमा एकपटक यो अमेरिकाको इन्डोप्यासेफिक रणनीति अन्र्तगत हो, होइन बुझने र उसले होइन भन्ने आधारसहितको जवाफ दिएपछि ग्रहण गरेर जान सकिने गरी निर्णय पनि लिइदैछ ।

शनिवार नै बैठक समापनको तयारी भएपनि एमसिसि, विधान संसोधन र सीमा विवादका विषयमा नेताहरुले थप पूरक जिज्ञासा राखेपछि बैठक एक दिन लम्बिएको हो । अध्यक्ष प्रचण्डले ५ दिन बोल्न दिदा पनि नेताहरुलाई अझै बोल्न पुगेको देखिएन, आइतबार फेरि एक दिन छलफल गरौला भन्दै शनिबार बैठक एक दिन लम्ब्याएका थिए ।

आजको बैठकमा सचिवालयले यस अगाडी गरेका निर्णय अनुमोदनमा वरिष्ठ नेता माधव नेपाल समुहका केही नेताहरुले आफनो असहमति जाहेर गर्न सक्ने सम्भावना छ । नेता नेपाल र उनी निकट नेता वेदुराम भुषालले यस अगाडी नै सचिवालयका निर्णयमा आफनो फरक मत रहने बताईसकेका थिए । ४ मंसिरमा नेकपाका दुई अध्यक्षमध्ये प्रचण्डले पार्टी र ओलीले सरकार हेर्ने गरी कार्यविभाजन भएपछि नेकपाले गति लिन थालेको छ । 

प्रतिक्रिया दिनुहोस