काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेपछि नेकपामा हंगामा भएको छ । नेकपा स्थायी कमिटी बसिरहेको बेला राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको समयमा शीतल निवासमा पुगेर राष्ट्रपतिसँग छलफल गरेको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेकपा नेताहरुपनि शीतल निवास पुगेका हुन् ।
शीतल निवास पुग्ने नेतामाप्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत, युवराज खतिवडा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, देव गुरुङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायत रहेको बताइएको छ ।
सो क्रममा उनले मुलुकको आर्थिक र समसायिक विषयमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले नेकपाको स्थायी समितिमा भइरहेको छलफलबारे र विकास निर्माण लगायतका विषयमा जिज्ञासा राखेको एक नेताले बताए ।
यसरी नेताहरु शीतल निवास पुगेको विषयले स्थायी कमिटी बैठकमा हंगामा भएको थियो । यसविषयमा अध्यक्ष प्रचण्डले जानकारी नगराइ शीतल निवास पुगेको भन्दै बैठकमा असन्तुष्टि समेत पोखेको बताइएको छ ।
एक नेताकाअनुसार प्रचण्डले सहजै रुपमा आफू अघिल्लो पटक गएको कमजोरी स्वीकार गरेका थिए र शनिबार गएका नेताहरुलाई पनि आक्रामक रुपमा नै प्रश्न गरेका थिए ।जवाफमा नेता प्रदीप ज्ञवालीले आफूहरु पूर्व निर्धारित भेट भएकाले गएको स्पष्टीकरण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०७६, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’