प्रियंकाको नयाँ बहाना

शनिबार, ०५ पुस २०७६, १२ : ०२
प्रियंकाको नयाँ बहाना

काठमाडौं । प्रियंका कार्कीले इन्गेजमेन्ट गरेको नै वर्षदिन पुग्न लाग्यो । उनले छ महिनाअघि टीकाटाला गरेर गत असारमा बिहे गर्ने घोषणा गरेकी थिइन् । इन्गेजमेन्ट समारोह नै दुई–दुई पटक भएको थियो । 

तर, त्यो असार बितेर अर्को असार नजिक आउन थालिसक्यो, विवाहको सुरसार छैन । बरु, ऋचा शर्माले सबैलाई चकित पार्दै विवाह गरिन् । केही दिनअघि उनले राजधानीमा रिसेप्सन पनि दिइसकिन् । यही रिसेप्सनमा आफ्नी आमाका साथ आएकी प्रियंकालाई जब पत्रकारले विवाहको मितिबारे प्रश्न गरे, उनले यो वर्ष विवाह नगर्ने उत्तर दिइन् । कारण चाहिँ के भन्दा उनका आफन्तको समय मिलेन ।  

उनले इन्गेजमेन्टको समयमा असारमा विवाह गर्ने साइत जुरेको बताउँदा अर्कै कारण दिएकी थिइन् । त्यतिबेला आयुष्मान जोशी र आफू दुवै जना काममा व्यस्त भएकाले त्यतिञ्जेलसम्ममा काम सक्ने र घरजम गर्ने बताएकी थिइन् । अहिले चाहिँ आफन्तको समय मिलेन रे । 

विवाहको मिति सरिरहँदा कतै आयुष्मानसँगै प्रियंकाको मन मिल्न छाडेको त हैन ? किनकि, नेपालीमा उखान छ, ‘रात रहे अग्राख पलाउँछ ।’ – सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस