यी हुन् यूट्युबमा सबैभन्दा बढी कमाई गर्ने बालक

एजेन्सी

शनिबार, ०५ पुस २०७६, ११ : ३९
यी हुन् यूट्युबमा सबैभन्दा बढी कमाई गर्ने बालक

आठ वर्षका एक अमेरिकी बालकले यो वर्ष यूट्युबमा सबैभन्दा बढी कमाई गरेका छन् । टेक्सस निवासी र्‍यान काजीको च्यानलमा विभिन्न खेलौनाहरुका समीक्षा प्रस्तुत हुने गर्छ । 

२०१८ देखि जुन २०१९ सम्मबीचको आय समेटेर फोब्र्सले शिर्ष कमाई गर्ने यूट्युबरको सूचिमा र्‍यान लगातार दोस्रो वर्ष पनि शिर्ष स्थनमा परेको हुन् । र्‍यान अघिल्लो वर्ष पनि सबैभन्दा धेरै कमाई गर्ने शिर्ष यू–ट्युबर थिए । र्‍यानले सन् २०१८मा २।२ करोड डलर कमाएका थिए भने यो वर्ष उनको कमाई बढेर २।६ करोड पुगेको छ । 

‘ड्यूड पर्फेक्ट’ यूट्युव च्यानलमा ३० कटेका पाँच साथीहरु विभिन्न खेलौना खेलिरहेका देखिन्छन् । त्यस्तै नस्त्या च्यानलमा सेरेबल पाल्सी रोगबाट ग्रसित अनास्तासिया राद्जीनस्कायालाई देखाइन्छ । 

फोब्र्सले दिएको यूट्युबरको आयमा कर काटिनुअघिको विज्ञापन, स्पोन्सर्ड सामाग्री, सामाग्री विक्रि र टुरबाट संकलित रकम छन् । 

र्‍यान उनको आमा, बुवा र जुम्ल्याहा बहिनीहरुसँगै टेक्ससमा बस्छन् । उनको च्यानलमा प्रत्येक दिनजसो एउटा भिडियो सार्वजनिक हुनेगर्छ । उनको च्यानलमा २ करोड २९ लाखभन्दा बढी सव्स्क्राइवर्स छन् । 

उनका भिडियोहरु करौडौ पटक हेरिएका छन् । केही त अर्बभन्दा बढी हेरिएका छन् । 

अघिल्लो नोभेम्बरमा एनबीसी च्यानलसँगको कुराकानीमा र्‍यानले आफ्ना भिडियोहरु ‘मनोरञ्जनात्मक र रमाइलो’ भएकाले मानिसहरुले मन पराउने गरेको बताए । 
फोब्र्सको सुचि अनुसार यो वर्ष धेरै आय गर्ने शिर्ष दश च्यानलको आय १६ करोड डलरभन्दा बढी छ । 

प्रतिक्रिया दिनुहोस