गैंडाकोट बुटवल सडक निर्माण सम्झौता भएको १ वर्ष पूरा, रुख र विद्युतका पोल सडक निर्माणमा चुनौती

प्रकाश सिग्देल

शुक्रबार, ०४ पुस २०७६, १८ : ११
गैंडाकोट बुटवल सडक निर्माण सम्झौता भएको १ वर्ष पूरा, रुख र विद्युतका पोल सडक निर्माणमा चुनौती

– प्रकाश सिग्देल
काठमाडौं । गैंडाकोट बुटवल सडक निर्माण सम्झौता भएको १ वर्ष पूरा भएको छ । सम्झौता भएको एक वर्ष पूरा भएपनि रुख कटान अनुमति नपाउँदा र बिद्युतका पोलहरुको अवराध हट्न नसक्दा निर्माणको कामले भने गति लिन नसेकोको आयोजनाका सिनियर ईन्जिनिर्यस डण्डपाणी जैसिले बताउनु भयोे । २०१८ डिसेम्वर १९ मा आयोजनाको सम्झौता भएको हो । सम्झौता पछाडि क्याम्प निर्माण, उपकरण ल्याउने काम र अन्य सबै प्राबिधिक तयारी निर्माण कम्पनीले पूरा गरे पनि रुख कटान सम्झौता नहुँदा काम तीव्र रुपमा अगाडि बढ्न नसकेको उहाँँको भनाई छ ।

रुख कटानको अन्तिम चरणमा पुगेको ३६ किलोमिटर सम्मको रुखहरुको कटान अनुमति पाएको र अब सम्झौता गरी अर्को हप्ताबाट रुख काट्ने तयारीमा आफूहरु रहेको उहाँँ बताउनु हुन्छ  । रुख कटान र बिजुलिको खम्बा हटाउने कुरा आफुहरुको क्षेत्राधिकार बाहिर भएको र अनुमति बिना आफुहरुले त्यसलाई छुन नपाउने भएकाले सरकारी प्रक्रिया पूरा गर्दा केही समय लागेको उहाँँको भनाई  छ ।

त्यस्तै अण्डर ग्राउण्ड टेलिफोन र नेटका तारहरु रहेकाले पनि त्यसलाई हटाउन पनि समस्या रहेको र यी सबै अवरोधले धमाधम काम गर्न गाह्रो भएको उहाँँ बताउनु हुन्छ ।

यो सडकमा २१ वटा ठूला पुल रहेको र त्यसैको छेउमा अर्को पुल बनाउने गरी सम्झौता भएको र अहिले माटो परिक्षणको काम धमाधम भईरहेको उहाँले जानकारी दिनु भयो । त्यस्तै ४० वटा कल्भट तथा साना पुल रहेको र ति मध्ये ३९ वटा सानापुललाई पुरै भत्काएर नया पुल बनाईने उहाँले बताउनु भयो । नया पुल बनाउदा डाईभ्रसन बनाउनु पर्ने र त्यसका लागि पनि रुख काट्नु पर्ने, पोल हटाउनु पर्ने भएकाले यो काममा पनि अवरोध भएको उहाँको भनाई  छ ।

त्यस्तै वन क्षेत्रमा पनि मध्यवर्ती वन क्षेत्रको रुख कटानको अनुमति अझै नपाएको उहाँले बताउनु भयो । जिल्ला वन र सामुदायीक वनका रुख कटानको आदेश आई छपानको काम सकिएको बताउँदै उहाँले २० किलोमिटर जति मध्यवर्ती वन क्षेत्रको रुख कटान आदेश नआएको उहाँ बताउनु हुन्छ । मध्यवतीै वन क्षेत्रमा बन्यजन्तुको वारपारका लागि दाउन्नेदेखि वारी तर्फको वन क्षेत्रमा १० वटा बन्यजन्तुका लागि पुल निर्माण हुने उहाँले जानाकरी दिनु भयो । आफुहरु कामका लागि तयारी अवस्थमा रहेका  र ५८ वटा ठुला उपकरण पाकिस्थान बाट आएको बाँकी नेपालबाट पनि केही उपकरण भाडामा लिईएको उहाँले बताउनु भयो ।

रुख कटान सकिना साथ कामले गति लिने बताउदै उहाँले कच्चा पदार्थ प्रसोधनका लागि पहिलो खण्डमा रजहर र दोस्रो खण्डमा भुमहिमा पलान्ट राखिएको उहाँले जानकारी दिनु भयो ।

२०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि फराकिलो गराउने गरी चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएपछि सडकनिर्माणको काम थालनि भएको हो ।

हाल दुई लेनको रहेको सडक फराकिलो पार्ने कामको प्रधानमन्त्री केपी ओलीले चैत्र ८ गते  बुटवलबाट शिलान्यास गर्नु भएको थियो ।

१७ अर्ब रूपैयाँको लागतमा बन्ने सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ । बाँकी रकम नेपाल सरकारले नै लगानी गर्ने छ । बुटवल–नारायणगढ १ सय १३ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । १ सय १३ किलोमिटरमध्ये २८ किलोमिटरमा ६ लेन’ अर्थात् सर्भिस लेन पनि संगै हुनेछ ।‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको हो । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम थालिएको गैंडाकोट बुटवल सडक आयोजना पहिलो खण्डका प्रमुख सुजन  अधिकारीले जानकारी दिनु भयो । गैंडाकोट दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

सडकका लागि नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागि  एडिबीले ऋण उपलब्ध गराएको हो । आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो । साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको हो । यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप चार वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ । यो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहाँ पुल छन, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बन्ने छन् । सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ । सडक आयोजनाको कार्यालय भने गैंडाकोटमा रहेको छ । सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस