चितवनसहित देशैभर चिसो बढ्दो, प्रभावित परिवारलाई दाउरा वितरण

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, १७ : ३६
चितवनसहित देशैभर चिसो बढ्दो, प्रभावित परिवारलाई दाउरा वितरण

चितवन । शितलहर प्रभावितलाई चितवन प्रहरीले आगो ताप्न मुडा वितरण गरेको छ । पछिल्लो समय चिसो बढेपछि भरतपुर महानगरपालिका वडा नम्बर २४, २७ र २८ का चिसो प्रभावित स्थानीयलाई प्रहरीले २ ट्रक मुडा वितरण गरेको हो ।  

नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भरतपुर महानगरसँगको सहकार्यमा मुडा वितरण गरीएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए । यो अभियानलाई आगामि दिनमा जिल्लाका सबै स्थानिय तहमा सहकार्य गर्दै पुग्ने मल्लको भनाई छ ।

पछिल्लो समय चिसो अत्यधिक बढेपछि सडक तथा बजारमा मानिसको चाप कम देखिन थालेको छ भने चोकचोकमा आगो बालेर ताप्ने गरेका छन् । यसै क्रममा चितवन प्रहरीले अति प्रभावितलाई दाउरा वितरण गरेको हो । 

पहिलो चरणमा १ सय घर धुरीका ५ सय जना विपन्न समुदायका व्यक्तिहरु लाभाम्वित भएका प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए । 

प्रतिक्रिया दिनुहोस