पुस २१ मा केन्द्रीय समिति बैठक बोलाउने नेकपाको तयारी

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, ०९ : २१
पुस २१ मा केन्द्रीय समिति बैठक बोलाउने नेकपाको तयारी

काठमाडौं । सत्तारुढ दल नेकपाले पुस २१ मा पार्टी केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । २०७५ जेठ ३ मा पार्टी एकता भएयता एकपटक मात्र दल निर्वाचन आयोगमा दर्ताका लागि वैधानिकता पु¥याउन नेकपाले केन्द्रीय समितिको बैठक बोलाएको थियो । यो १९ महिनामा एक पटक पनि पार्टी केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन् ।

विधानतः केन्द्रीय समितिको बैठक ६–६ महिनामा बस्ने ब्यवस्था छ । पार्टीको पाँच दिन यता जारी स्थायी समितिको बैठकमा भोलि अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकको मिति प्रस्ताव गर्ने नेकपा नेताहरुको भनाई छ । प्रचण्डले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको आगामी कार्यक्रममा माघको पहिलो हप्तासम्म केन्द्रीय समिति बैठक बोलाउने गरी प्रस्ताव गरेका थिए ।

स्थायी समितिकै बैठक पनि एक वर्षपछि बसेको हो । विधानतः स्थायी समिति तिन तिन महिनामा बस्नुपर्ने ब्यवस्था छ । ‘उहाँ (प्रचण्ड)ले अब पुसको २०, २१ तिर केन्द्रीय समिति बैठक बोलाउनुहुन्छ होला’ नेकपाका एक नेताले सफलखवरसँग भने–‘पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पनि आज दिउँसो उहाँले परामर्श गरेर यस विषयमा एउटा निर्णयमा पुग्नुहुनेछ ।’ 

नेकपाको स्थायी समिति बैठकमा हिजोसम्म पार्टी महासचिव बाहेक अन्य सहभागी सबै नेताहरुले आफनो धारणा राखिसकेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओली र आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा बैठकमा सहभागी छैनन् भने अन्य सबै सदस्यहरुले आ–आफनो धारणा राखिसकेका छन् । 

आजका लागि बैठक स्थगित गरिएको छ । भोलि ११ वजे बस्ने बैठकको शुरुमा महासचिव विष्णु पौडेलले राजनीतिक प्रतिवेदनमा आफ्नो धारणा राख्दै बैठकमा आफुले पेश गरेको विधान संसोधन प्रस्तावमा उठेका जिज्ञासाको जवाफ दिनेछन् । त्यसपछि अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको नेताहरुको भनाई छ । त्यसपछि पार्टीका आगामी कार्यक्रमका बारेमा प्रस्ताव आउनेछ । त्यसमा छलफल गरेर सम्भवतः भोलि नै नेकपाले केन्द्रीय समितिको बैठक बोलाउने गरी स्थायी समिति बैठक सक्ने तयारी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस