काठमाडौँ । करिव दस वर्ष अगाडि तालिमका लागि सशस्त्र प्रहरी बलबाट अमेरिका गएकाबेला उतै भागेका नायव निरीक्षक उमेश सिलवाललाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ ।
भगोडा भएको पुष्टि गर्दै सिलवाललाई सशस्त्र प्रहरी विशेष अदालतले २०७५ भदौ ३१ गते तीन वर्षको कैद सजाय सुनाएको थियो । सजाएको फैसलापछि लुकिछुपि बस्दै आएका सिलवाललाई एपीएफ टोलीले ललितपरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनलाई आइतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।
ललिपुर गोदावरी ३ घर भएका सिलवाल अमेरिकामा संचालन भएको ‘भिआईपी प्रोटेक्सन ट्रेनिङ’ मा गएको बेला तालिमपछि उतै भागेका थिए । उक्त तालिम १० वर्ष अघि २०६७ फगुन ३० देखि चैत्र १८ सम्म् चलेको थियो । तालिम समापन भएको तेस्रो दिन चैत्र २० गते नेपाल फर्कने क्रममा अमेरिकाको एयरपोर्टबाटै सिलवाल भागेका थिए ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ पुस २०७६, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल