प्रधानमन्त्री निवासमा मृगौला पीडितहरुको धर्ना

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १६ : ५५
प्रधानमन्त्री निवासमा मृगौला पीडितहरुको धर्ना

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मृगौला पीडितहरुले धर्ना दिएक छ्न् । सरकारले उपचारमा सहयोग नगरेको भन्दै उनीहरुले आज बुधबार धर्ना दिएक हुन ।

मृगौलापीडित सरोकार समाजको अगुवाइमा उनीहरुले मृगौलापीडितलाई सरकारले दिँदै आएको सुविधा कटौति गरेको भन्दै त्यसको बिरोधमा धर्ना दिएका हुन् ।

प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, मृगौलापीडितको उपचार कस्ले गर्छ रु भन्दै उनीहरुले मृगौलापीडितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

सरकारी अस्पतालमा डायलाईसिस गर्नका लागि असुविधा भएको, अस्पताल अनुसार फरक–फरक शुल्क लाग्ने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मृगौला पीडितहरुलाई सरकारले प्रतिमहिना दिँदै आएको पाँच हजार रुपैंयाँ औषधि खर्चसमेत सरकारले कटौती गरेको छ ।

प्रतिक्रिया दिनुहोस