काठमाडौं । सत्तासिन नेकपाका दुई नेतृले पार्टी सचिवालय बिस्तार गरी महिला प्रतिनिधित्व गराउन माग गर्दै केन्द्रीय कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् । जारी स्थायी समिति बैठकमा सोमबार मौखिक टिप्पणी गरेकी यी दुई नेतृले मंगलवार पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएकी हुन् ।
केन्द्रमा नेता वामदेव गौतमलाई विधान संसोधन गरी उपाध्यक्ष पद सिर्जना गर्न खोजिएपछि उनीहरुले केन्द्रमा मात्र नभई अन्य कमिटिमा पनि उपाध्यक्ष पद राख्न र हरेक तहका कमिटिमा अध्यक्ष र उपाध्यक्षमध्ये एक अनिवार्य महिला गर्न माग गरेका छन् । नेकपा सचिवालयमा एक जना पनि महिला छैनन् । ४५ सदस्यीय स्थायी समितिमा पनि भुषाल र शाक्य दुई जना मात्रै महिला छन् ।
सोमबारको बैठकमा सचिवालयमा पुरुषमात्र बसेर निर्णय लिदा पार्टी शीर्ष नेताहरुलाई लाज लाग्नु पर्ने होइन र ? भन्दै प्रश्न उठाएका थिए ।पुरुष सरह आफुहरु पनि पार्टी र आन्दोलनमा सँगसँगै रहेको तर पद दिने बेला भने निगाहमा दिएको जसो गरी पितृसतात्मक ब्यवहार भएको भन्दै सोमबार बैठकमा निक्कै आक्रोशित भएका थिए ।
महिलाले अवसर पाउन कि आफनो श्रीमान सहिद हुनुपर्ने की नेताका नातागोताले मात्र अवसर पाउनुपर्ने अवस्था देखिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । संविधानले नै राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व ३३ प्रतिशत बनाएको भन्दै त्यसको ब्यवहारतः कार्यान्वयन पार्टी कमिटिमा पनि हुनुपर्ने उनीहरुको माग छ ।
मंगलवार पार्टी कार्यलयमा सचिवालयमा २ महिला सहित १५ सदस्यीय बनाउन लिखित पत्र दर्ता गराएपछि नेतृ भुषालले भनिन्,–‘स्थाई समितिको चालु बैठकमा सोमबार प्रतिबेदन र बिधान संशोधन प्रस्तावमाथी आफ्नो भनाई राख्ने क्रममा अस्टलक्ष्मी जी र मैले मौखिक र मंगलवार लिखित रूपमा सचिवालय २ जना महिला सहित १५ सदस्यीय, स्थायी समितिमा महिला सदस्य थप गर्नुपर्ने र केन्द्रमा उपाध्यक्ष थप गर्दा पार्टीका सबै तहमा उपाध्यक्ष राख्ने र हरेक तहका समितिमा अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना महिला हुनुपर्ने प्रस्ताव राखेका छौ । यो प्रस्ताव हामीले पार्टी र आन्दोलनमा महिला सहभागिता र योगदानको प्रतिनिधित्व र नेतृत्वमा उचित र न्यायिक ब्याबस्थापनको लागी अघि बढाएका हौ ।’
भुषाल र शाक्यले जारी स्थायी समिति बैठकमा नेतृत्वमाथी दबाब वढाउने गरी दर्ता गराएको लिखित निवेदनकै विषयमा भने पार्टी नेतृत्वले केही प्रतिक्रिया जनाईसकेको छैन् ।
र यो पनि
पम्फा र अष्टलक्ष्मीले आफ्नै नेतालाई किन थर्काए ?
https://www.safalkhabar.com/news/35809
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०७६, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपामा ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन (नामावलीसहित)
नेकपाद्वारा १० बुँदे कार्ययोजना प्रस्ताव
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा
नेकपा धुलो टक्टकाएर फेरि उठ्छः पुन
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन