पम्फा र अष्टलक्ष्मीले बुझाए पार्टीमा लिखित पत्र

सचिवालय बिस्तार गरी २ महिलासहित १५ सदस्य बनाउन माग

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, ०९ : ००
पम्फा र अष्टलक्ष्मीले बुझाए पार्टीमा लिखित पत्र

काठमाडौं । सत्तासिन नेकपाका दुई नेतृले पार्टी सचिवालय बिस्तार गरी महिला प्रतिनिधित्व गराउन माग गर्दै केन्द्रीय कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् । जारी स्थायी समिति बैठकमा सोमबार मौखिक टिप्पणी गरेकी यी दुई नेतृले मंगलवार पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएकी हुन् । 

केन्द्रमा नेता वामदेव गौतमलाई विधान संसोधन गरी उपाध्यक्ष पद सिर्जना गर्न खोजिएपछि उनीहरुले केन्द्रमा मात्र नभई अन्य कमिटिमा पनि उपाध्यक्ष पद राख्न र हरेक तहका कमिटिमा अध्यक्ष र उपाध्यक्षमध्ये एक अनिवार्य महिला गर्न माग गरेका छन् । नेकपा सचिवालयमा एक जना पनि महिला छैनन् । ४५ सदस्यीय स्थायी समितिमा पनि भुषाल र शाक्य दुई जना मात्रै महिला छन् ।

सोमबारको बैठकमा सचिवालयमा पुरुषमात्र बसेर निर्णय लिदा पार्टी शीर्ष नेताहरुलाई लाज लाग्नु पर्ने होइन र ? भन्दै प्रश्न उठाएका थिए ।पुरुष सरह आफुहरु पनि पार्टी र आन्दोलनमा सँगसँगै रहेको तर पद दिने बेला भने निगाहमा दिएको जसो गरी पितृसतात्मक ब्यवहार भएको भन्दै सोमबार बैठकमा निक्कै आक्रोशित भएका थिए ।

महिलाले अवसर पाउन कि आफनो श्रीमान सहिद हुनुपर्ने की नेताका नातागोताले मात्र अवसर पाउनुपर्ने अवस्था देखिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । संविधानले नै राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व ३३ प्रतिशत बनाएको भन्दै त्यसको ब्यवहारतः कार्यान्वयन पार्टी कमिटिमा पनि हुनुपर्ने उनीहरुको माग छ ।

मंगलवार पार्टी कार्यलयमा सचिवालयमा २ महिला सहित १५ सदस्यीय बनाउन लिखित पत्र दर्ता गराएपछि नेतृ भुषालले भनिन्,–‘स्थाई समितिको चालु बैठकमा सोमबार प्रतिबेदन र बिधान संशोधन प्रस्तावमाथी आफ्नो भनाई राख्ने क्रममा अस्टलक्ष्मी जी र मैले मौखिक र मंगलवार लिखित रूपमा सचिवालय २ जना महिला सहित १५ सदस्यीय, स्थायी समितिमा महिला सदस्य थप गर्नुपर्ने र केन्द्रमा उपाध्यक्ष थप गर्दा पार्टीका सबै तहमा उपाध्यक्ष राख्ने र हरेक तहका समितिमा अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना महिला हुनुपर्ने प्रस्ताव राखेका छौ । यो प्रस्ताव हामीले पार्टी र आन्दोलनमा महिला सहभागिता र योगदानको प्रतिनिधित्व र नेतृत्वमा उचित र न्यायिक ब्याबस्थापनको लागी अघि बढाएका हौ ।’

भुषाल र शाक्यले जारी स्थायी समिति बैठकमा नेतृत्वमाथी दबाब वढाउने गरी दर्ता गराएको लिखित निवेदनकै विषयमा भने पार्टी नेतृत्वले केही प्रतिक्रिया जनाईसकेको छैन् ।

र यो पनि

पम्फा र अष्टलक्ष्मीले आफ्नै नेतालाई किन थर्काए ? 
https://www.safalkhabar.com/news/35809

प्रतिक्रिया दिनुहोस