नेकपा स्थायी कमिटी बैठक : विधान संसोधन प्रस्तावमा सुझाव

सफल खबर संवाददाता

सोमबार, ३० मंसिर २०७६, १७ : ००
नेकपा स्थायी कमिटी बैठक : विधान संसोधन प्रस्तावमा सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक दोस्रो दिन आज १२ जना सदस्यहरुले आफ्नो धारण राखेका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्नेक्रम अघि बढेको हो । 
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमाम नेताहरुले निर्धारित २० मिनेट समय सीमाभित्र रहेर मन्तव्य राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गरेका थिए ।

उनीहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राखेका थिए ।
स्थायी समितिको अर्को बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ ।
 

प्रतिक्रिया दिनुहोस