काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकमा आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तय गरेको ५ वटा एजेण्डा उपर छलफल हुनेछ ।
एक वर्ष पछि बस्न लागेको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारतको सीमा बैठकलगायत विविध कार्यसूची पेश गर्ने छन् । स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ। स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन्।
बैठकमा भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भू–भागलाई पारेको भन्दै नागरिकस्तरबाट विरोध भएको विषयमा पनि छलफल हुने छ । अतिक्रमण विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विषेश दूत बनेर भारत जान पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव पनि गरेका थिए। बैठकमा सचिवालय विस्तारले पनि प्रवेश पाउने श्रोतको भनाई छ । वरिष्ठ नेता माधव नेपालले यसअघि नै सचिवालयमा तत्कालीन एमालेतर्फका तीन नेतालाई थप गर्न प्रस्ताव गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग