नारायणी किनारलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आवश्यक

शनिबार, २८ मंसिर २०७६, १७ : १४
नारायणी किनारलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आवश्यक

चितवन । गैडाकोटस्थित नारायणी नदि किनार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न स्थानियले सुझाएका छन् । केही स्थानमा ब्यवस्थित सम्सान घाट निमार्ण गरी अन्य सबै क्षेत्रलाई पर्यटकिय केन्द्रका रुपमा बिकास गर्नु पर्ने गैँडाकोटका सामाजिक अगुवाहरुको सुझाव छ । 
सुन्दर नारायणी नदिको किनारमा सुन्दर पर्यटकिय क्षेत्रहरु रहेको र नारायणीको बिच बिचमा मझुवाहरु समेत रहेकाले यसको महत्व बुझी पर्यटकीय केन्द्रका रुपमा बिकास गर्न आवस्यक रहेको गैडाकोटका उद्योगी तथा  उद्योग बाणिज्य संघ नवलपुरका उपाध्यक्ष दिपक सापकोटाले बताउनुभयो ।  
गैडाकोट तर्फको नदि किनार र मझुवालाई ब्यवस्थित गरी पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न सके त्यसले गँैडाकोटको पर्यटन बिकासमा निकै ठुलो योगदान पुग्ने स्थानिय बासिन्दा बिश्व न्यौपानेले बताउनुभयो ।  
चितवनले चितवन तर्फको अधिकाम्स क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गरेकोले अव गैडाकोटले पनि बिकास गर्नु आवस्यक रहेको गैँडाकोटका जनक ढुगांनाले बताउनु भयो ।  गैँडाकोटको बृटिस क्याम्पदेखि सिख्रौली घाट सम्मको नदि किनार क्षेत्र पर्यटकिय हिसावले निकै मनमोहक र आकर्षक रहेकाले यसलाई ब्यवस्थीत गरी पर्यटकिय केन्द्रका रुपमा बिकास गर्नु पर्ने स्थानिय बासिन्दा बामदेब घिमिरेले बताउनुभयो ।  
नगरपालिकाले नदि किनार क्षेत्रमा पर्यटकीय क्रियाकलापका लागी आवस्यक पुर्वाधारको बिकास नगरेता पनि अहिले सर्वसाधारणहरु नदि किनार आसपासका क्षेत्रमा पिक्निक खानका लागी पुग्ने गरेका छन् ।  सुन्दर नारायणी नदि संगै त्यहाको मनमोहक वातावरणले उनिहरुलाई आनन्दको अनुभुति दिलाउने गरेको  छ ।
नदी किनारसँग जोडिएका हरेक स्थानहरु पर्यटकिय दृष्टिकोणबाट महत्वपुर्ण रहेकाले यसको प्रर्वधन र बिकास गर्नु पर्ने ईलाका प्रशासन कार्यालय कावासोतीका प्रशासकिय अधिकृत टिकाराम वाग्लेले बताउनु भयो  । 
नगरपालिकाले आफुसंग भएका यस्ता महत्वपुर्ण पर्यटकिय क्षेत्रको बिकास गर्नु पर्ने उहाको धारणा छ । नदि किनार क्षेत्रमा चितवन तर्फबाट गैडाहरु समेत आउने हुर्दा पर्यापर्यटन मा रमाउने पर्यटकहरुका लाागि पनि यो क्षेत्र महत्वपुर्ण हुने स्थानियबासिन्दाहरु बताउछन् । यो बेला नदि किनारका क्षेत्रहरुमा गैडाकोटका स्थानियहरुले पिक्निक खाने, नाचगान गर्ने र रमाउने गरेका छन् । नदि किनारका केहि ठाउमा भने ब्यवसायीहरुले ठुला ठुला रिसोर्टहरु समेत सन्चालन गरेका छन् । त्यसले गर्दा पनी नदि किनार क्षेत्रमा चहल पहल बढेको छ । 

प्रतिक्रिया दिनुहोस