पाकिस्तानी प्रधानमन्त्री इमरान खानका भतिजाको खोजी

शनिबार, २८ मंसिर २०७६, १५ : ४६
पाकिस्तानी प्रधानमन्त्री इमरान खानका भतिजाको खोजी

पाकिस्तान। पाकिस्तानी प्रहरीले लाहोरको अस्पतालमा हुलदंगामा संलग्न भएको आरोपमा देशका प्रधानमन्त्री इमरान खानका भतिजाको खोजी गरिरहेको छ । 

इमरान खानका भतिजा हसन नियाजी वकिल हुन् । केही दिन अघि लाहोरको ‘पञ्जाब इस्टिच्युट अफ कार्डियोलोजी’मा वकिलहरुको ठूलो समूहले हिंसात्मक तोडफोड गरेका थिए । 

चिकित्सकसँगको एक विवादका कारण वकिलहरु हिंसात्मक प्रदर्शनमा उत्रिएको बताइन्छ । त्यस क्रममा अस्पतालमा आगजनी भएको थियो । 

सुकिला सुट–टाई लगाएका वकिलहहरु अस्पतालको स्टाफमाथि हात पात गरिरहेको र हस्पतालका हातामा रहेका सम्पतीमा क्षति पु¥याइरहेका तस्वीरले देशलाई स्तब्ध पारेको थियो ।

प्रतिक्रिया दिनुहोस