अक्षय कुमारले श्रीमती ट्विंकललाई प्याजको ईयररिङ गिफ्ट दिएपछि...

एजेन्सी

शनिबार, २८ मंसिर २०७६, १३ : १९
अक्षय कुमारले श्रीमती ट्विंकललाई प्याजको ईयररिङ गिफ्ट दिएपछि...

एजेन्सी । भारतमा अहिले प्याजको मूल्य निक्कै बढेको छ । भारतमा प्याजको उत्पादनमा उलेख्य गिरावट आएपछि यस्तो मुल्य वृद्धि देखिएको हो । भारतमै अहिले प्याज प्रति किलो १०० भारु माथि गइसकेको छ । 

यस्तोमा अभिनेता अक्षय कुमारले श्रीमती ट्विंकललाई प्याजको ईयररिङ गिफ्ट दिएका छन् । 
ट्विंकलले ईयररिङको तस्वीर शेयर गर्दै लेखेकी छिन् ,‘मेरा पति द कपिल शर्मा शोबाट फर्किएपछि मलाई भने – त्यहाँ मैले प्याजको ईयररिङ करीनालाई देखाउँदा धेरै प्रभावित भइनन् । मलाई थाहा थियो कि तिमीलाई यो मन पर्नेछ, त्यसैले मैले यो तिम्रो लागि लिएर आएँ ।’

प्रतिक्रिया दिनुहोस