काठमाडौं । संसदले नयाँ सभामुख चयन प्रक्रिया अगाडी बढाउन लागेको छ । ४ पुसमा संसदको हिउँदे अधिवेशन शुरु भएलगत्तै पहिलो कार्यसूचि नै प्रतिनिधीसभाको सभामुख चयनको छ । संसदमा झण्डै दुई तिहाई मत रहेको सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डले वुधबारबाट भने यस विषयमा सामान्य परामर्श थालेका छन् ।
सभामुख– उपसभामुख एकै राजनीतिक दलको हुन नहुने, सभामुख–उपसभामुख एउटै लिंगको हुन नहुने संवैधानिक ब्यवस्था छ । उपसभामुख नेकपाका तर्फबाट शिवमाया तुम्बाहाम्फे रहेकी कारण पनि उनको राजीनामा बिना नेकपालाई सभामुखमा आफनो दाबेदारी प्रस्तुत गर्ने कानुनी बाटो छैन । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । तर सभामुख कसलाई बनाउने ? नेकपाभित्र अनेक नाममा छलफल छ ।
चर्चामा सुवास नेम्वाङ, अग्नि सापकोटा, शिवमाया तुम्बाहाम्फे, देव गुरुङ र पम्फा भुषालको नाममा छ । मुख्य तीन पात्र अलिक बढी चर्चामा छन् । ति हुन्,– नेम्वाङ, सापकोटा र तुम्बाहाम्फे । तुम्बाहाम्फे पार्टीभित्र एक्लो दौडमा छन् । उनलाई सभामुख बनाउनु पर्छ भन्नेमा पार्टीका दुवै अध्यक्ष छैनन् । तर उनी अहिले राष्ट्रपति विद्या भण्डारीमार्फत आफ्नो पक्षमा लबिङ बढाउन लागिरहेकी छिन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा पदमुक्त भएयता शिवमायाले राष्ट्रपति भण्डारीलाई पटक पटक भेटिरहेकी छिन् । उनले केही दिन अगाडी पनि राष्ट्रपति भण्डारीलाई भेटी आफु सभामुख हुन किन नसक्ने ? स्वभाविक मेरो अधिकार हो भन्दै अगाडी आउन थालेकी छिन् ।
आफुलाई महिला भएकै आधारमा गर्न नसक्ने भन्दै अवसरवाट बञ्चित गर्न खोजेको, महराको कमजोरीमा आफुलाई बलि दिन खोज्नु कहाँको न्याय हो ? भन्दै उनी राष्ट्रपतिलाई भेटन पुगेकी थिइन । त्यसपछि नै राष्ट्रपतिले आफुले यस विषयमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डसँग कुरा राख्ने बताएर शिवमायालाइ फर्काएकी थिइन् । त्यसपछि नै हो राष्ट्रपति भण्डारी शिवमायाको पक्षमा लबिङमा लागेकी हुन् । उनले शिवमायालाई प्रधानमन्त्रीसँग भन्दा पनि नेकपाका अध्यक्ष प्रचण्डसँग यस विषयमा एक चरण कुरा राख्न अह्राएकी थिइन् । प्रचण्डलाई भेटेर कुरा राखेर उनको सन्देश लिएर आफु कँहा आउन उनले शिवमायालाई अ्रहाएकी स्रोतले बतायो । राष्ट्रपतिको त्यही निर्देशनका आधारमा उनले प्रचण्डसँग भेटन अनेक प्रयास गरिरहेकी छिन् । तर उनको अहिलेसम्म प्रचण्डसँग भेट हुन सकेको छैन ।
पूर्व माओवादी पृष्ठभूमिका नेताहरु मार्फत उनले प्रचण्डसँग भेटको वातावरण बनाउन अनेक प्रयास गरेकी छिन् । तर त्यो सम्भावना अहिलेसम्म नभएको स्रोतले बतायो । राष्ट्रपति भण्डारीले बालुवाटारमा शिवमायालाई नै बनाउदा पनि हुन्छ हैं भन्ने सन्देश भने पठाईसकेको स्रोतले बतायो । राष्ट्रपति भण्डारीले शिवमायाको पक्षमा लबिङ गरेपनि त्यो सम्भावना न्यून रहेको नेकपा स्रोत बताउँछ । उनले संसदमा खेलेको भूमिका सबैलाई समेटेर लैजाने प्रकृतिको नदेखिएको, प्रधानमन्त्रीले अनुभवी सभामुख खोजेका कारण पनि उनको त्यो सम्भावना न्यून रहेको छ । समानुपातिक प्रतिनिधित्व गर्दै शिवमाया संसदमा आएकी हुन् । यो उनको पहिलो संसद हो । जसकाकारण पनि उनले सभामुख पाइहाल्ने सम्भावना नरहेको नेकपा नेताहरु बताउँछन् ।
सभामुखमा ओलीको रोजाई नेम्वाङ नै छन् । तर प्रचण्डले भने अग्नि सापकोटालाई बनाउन चाहिरहेका छन् । प्रचण्ड माथि पार्टी एकता पूर्वको सहमतिका आधारमा सभामुख पूर्व माओवादी समुहले पाउनु पर्ने दबाव पार्टीभित्रै छ । बुधबारबाट दुई अध्यक्षले यस विषयमा परामर्श थालेपनि निश्र्कषमा भने पुगेका छैनन् । नेकपा सचिवालयको बैठक भोलि (शनिबार)लाई बोलाईएको छ । उक्त बैठकमा यस विषयमा छलफल हुने भएकोले पनि पार्टीभित्र सम्भावित सभामुखको चर्चा अहिले बढी नै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ मंसिर २०७६, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह