‘काँग्रेसको महाधिवेशन एक वर्ष सर्ने’

रासस

सोमबार, २३ मंसिर २०७६, १३ : ३१
‘काँग्रेसको महाधिवेशन एक वर्ष सर्ने’

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा गर्नुभयो ।

नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ भन्दै उहाँले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिनुभयो । महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली काँग्रेसले सहमतिको बाटो पहिल्याएको बताउँदै संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले आफू धर्म निरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्दै सरकारले दुई तिहाइ बहुमतको जस्तो कार्य गर्न नसकेको टिप्पणी गर्नुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस