म्याराथनमा बोगटीले दिलाए नेपाललाई स्वर्ण

सफल खबर संवाददाता

शनिबार, २१ मंसिर २०७६, १० : ०२
म्याराथनमा बोगटीले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं । म्याराथन दौडमा नेपालले स्वर्ण जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । 

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । 

साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन् ।बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस