काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । अहिले बिहान ९ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा पार्टी सचिवालय बैठक बस्न लागेको हो । नेकपाका जोर पाइलट केपी ओली र प्रचण्डका बीचमा ४ मंसिरको सचिवालय बैठकले प्रष्ट कार्यविभाजन गरेपछिको यो पहिलो बैठक हो ।
पार्टी बैठकको अध्यक्षता, सञ्चालन अध्यक्ष प्रचण्डले गर्नेछन् । उनलाई नेकपाले पार्टी हाँक्ने गरी कार्यकारी अधिकार सहितको अध्यक्षको जिम्मेवारी दिने गरी कार्यविभाजन गरेको छ । त्यही निर्णयका आधारमा आज बिहानका लागि प्रचण्डले पार्टी सचिवालय बैठक बोलाएका हुन् । सचिवालय बैठक बस्नु अगाडी उनले पार्टीका शीर्ष नेताहरुसँग अनौपचारिक रुपमा छलफल समेत गरेका थिए ।
उनले अब सचिवालय बैठक पछि लगत्तै स्थायी समिति र केन्द्रीय समितिको समेत बैठक बोलाएर पार्टीमा ६ महिने अभियान चलाउने प्रस्ताव पनि गर्दैछन् । नेकपामा झण्डै एक वर्ष देखि स्थायी समितिको बैठक बस्न सकेको छैन भने केन्द्रीय समितिको बैठक पनि पार्टी एकताका बेला निर्वाचन आयोगमा दल दर्ताको प्रयोजनका लागि बसेयता बसेको छैन् ।
प्रचण्डले अब ति सबै बैठकहरुको आह्रान गर्ने र पार्टीलाई विधि र पद्दतीका आधारमा अगाडी बढाउने योजना बनाएका छन् । दुई अध्यक्षको यो बीचमा प्रष्ट कार्यविभाजन नहँुदा नेकपाको पार्टी संगठनले गति लिन सकिरहेको थिएन । आजको सचिवालय बैठकले भर्खरै सम्पन्न उपचुनावको समिक्षा गर्ने, संगठनात्मक क्षेत्रमा पनि केही निर्णय लिन सक्ने र आगामी स्थायी समिति र केन्द्रीय समितिको बैठकका एजेण्डा तय गदै स्थायी समितिको मिती तोक्ने सम्मका निर्णय लिन सक्ने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ मंसिर २०७६, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई