निर्माणाधिन अस्पताल भवन ठेकेदारले पारे अलपत्र

पत्रपत्रिकाबाट

मंगलबार, १७ मंसिर २०७६, ०७ : १२
निर्माणाधिन अस्पताल भवन ठेकेदारले पारे अलपत्र

file photo

बेनी । ठेक्का सम्झौताको अवधि सकिनै लागे पनि बेनी अस्पतालको ५० शैड्ढया क्षमताको आधुनिक सुविधा सम्पन्न भवन निर्माण पूरा भएको छैन। बनिसक्नुपर्ने समयमा आधा पनि काम नभएको हो।

‘अधकल्चो भवन अलपत्र छाडेर हिँडेका असारदेखि निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन्’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘ठेकेदार लामो समय बिनासूचना बस्दा र काममा नफर्किदा भवन अलपत्र बनेको हो।’ भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको हो। ५० शैड्ढया क्षमता भए पनि १५ शैड्ढयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको अस्पतालका प्रमुख डाक्टर मनोज घिमिरेले बताए।

‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ,’ उनले भने। नयाँ भवन बनाउन पुरानो भवन दुई वर्षअघि भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ।

१५ शैड्ढया क्षमताको अस्पताल २०७२ सालमै ५० शैड्ढयामा स्तरोन्नति भएको थियो। तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। संघीयता कार्यान्वयनपछि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई यो आयोजना हस्तान्तरण भएको छ। २४ करोड चार लाख २९ हजार ८ सय ६९ रुपैयाँ लागत अनुमान गरिएको थियो। महादेव खिम्ति–गल्वा–रफिना जेभीले १८ महिना ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का लिएको हो।

महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो। २०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो। चार हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो। हालसम्म एउटा ब्लक भवनको मात्र दोस्रो तला ढलान भएको छ।

दुई वटाको दोस्रो तला ढलानका लागि सेटिङ गरेर छोडिएको छ। भूकम्पप्रतिरोधी क्षमताको भवन अपांगमैत्री बनाउन लागिएको हो। भूइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ। अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस